कम्युनिस्टले लोकतन्त्रलाई सत्ताको भर्याङ बनाएको खाणको दाबी

११ बैशाख २०७०, बुधबार २२:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ११ वैशाख । नेपाली काग्रेसका केन्द्रियसदस्य वालकृष्ण खाणले कांग्रेसको नेतृत्वमा लोकतन्त्र पुनस्र्थापना भएकाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।उनले बामपन्थीहरुले जति नै लोकतन्त्रका कुरा गरे पनि अन्ततः उनीहरुको गन्तव्य साम्यवाद नै भएकाले लोकतन्त्रको रक्षामा उनीहरुको भूमिका नहुने जिकीर गरे ।
आठौं लोकतन्त्र पुनस्र्थापना दिवसको अवसरमा नेपाली कांग्रेस रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खाणले कम्युनिष्टहरुले लोकतन्त्रलाई सत्ताको भर्याङ मात्र बनाएको बताए । लोकतन्त्र बचाउने काम कांग्रेसको भएको औंल्याउँदै उनले कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र पनि बलियो हुन सक्ने उनले बिश्वास व्यक्त गरे ।
लोकतन्त्रलाई बलियो बनाउन र लोकतान्त्रिक संबिधान निर्माणका लागि काग्रेस लागि पर्ने बताउँदै आसन्न संबिधानसभा निर्वाचनमा काग्रेसकलाई बहुमत सहित जिताउन सर्वसाधारणलाई आग्रह गर्दै निर्वाचनका लागि लाग्न पनि कार्यकर्तालाई आग्रह गरे । पार्टीका जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली नेता दुर्याेधन सिंह चौधरी पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्र नं. २ का सभापति मातृका यादव, महासमिती सदस्य सालिकराम उपाध्याय, बिमला गैरे, महिला संघकी जिल्ला सभापति रमा अर्याल, प्रजातन्त्रबादी प्राध्यापक संघका मदन कट्टेल सुरेन्द्र जंग थापा, व्यासमुनी चौधरी, तरुण दल रुपन्देहीका उपसभापति भरत केसी, नेबिसंघ रुपन्देहीका सचिव बिष्णु पोखरेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।