प्रचण्ड र माधवबीच आरोपको जुहारी, प्रचण्डलाई राँची लैजान नेपालको सुझाव

११ बैशाख २०७०, बुधबार २१:५२ मा प्रकाशित

काठमाडौं, ११ वैशाख । आगामी निर्वाचनबाट संविधानसभामा लोकतान्त्रिक शक्तिहरुको बाहुल्यता हुनुपर्ने भन्दै एमालेले कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णय गरेबाट प्रचण्ड तिल्मिलाउन पुगेका छन् । यही कुराबाट आक्रोशित प्रचण्डले मंगलबार सार्वजनिक स्थलबाट अब एमालेको कुनै अस्तित्व नभएको र उ बिलाएर जाने उदघोष गरेका थिए । यसरी आफ्नो पार्टीलाई अस्तित्व नै नभएको भनी प्रचण्डले लगाएको आरोपको जवाफमा बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा एमाले बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्डको मानसिक अवस्था ठिक नभएकोले उनलाई उपचारका लागि राँची लैजानु पर्ने कडा अभिव्यक्ति दिएका छन् । 
लोकतन्त्र दिवसको अवसरमा सर्लाहीको घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृहमा आयोजित कार्यक्रममा शाही शासनका बेला ज्ञानेन्द्रले पनि जनताको शक्ति नदेख्दा विनास ब्यहोर्नुपरेको स्मरण गराउँदै प्रचण्डको व्यवहारले एमाओवादी पनि सिद्धिने दाबी गरे ।
सोही कार्यक्रममा नेता नेपालले संविधानसभाको चुनाव मिति घोषणा गर्ने बेला भइनसकेको बताए । विगतको सरकारले निर्वाचनलाई प्रभाव पार्ने गरी गरेको नियुक्ति र सरुवाहरु फेरबदल भएपछि मात्र चुनावको तिथी तोकिनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट