नयाँदिल्लीलाई ढाँट्दै भारत भ्रमणका लागि प्रचण्डले लगाए गुहार

११ बैशाख २०७०, बुधबार ०९:५० मा प्रकाशित

काठमाडौं, ११ वैशाख । चीन भ्रमणबाट फर्किएलगत्तै एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले नयाँदिल्लीमा सम्पर्क गरी तुरुन्तै भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गरेको बुझिएको छ । चीनको भ्रमण गर्दा भारत सशङ्कित हुने र आफूलाई अप्ठ्यारो पर्ने महसुस गरी प्रचण्डले चीन जानुअघि भारतीय कूटनयिकहरूसँग पटकपटक छलफल गरेर विश्वास प्राप्त गर्ने प्रयास गरेका थिए । यतिसम्म कि विमानस्थलतर्फ लाग्नुभन्दा दुई घन्टाअघि पनि प्रचण्डले भारतीय राजदूत जयन्तप्रसादसँग भेटवार्ता गरी आशङ्का दूर गर्ने प्रयत्न गरेका समाचार सार्वजनिक भए । चीनबाट उनी फर्कंदा नेपालमा भारतीय राजदूत जयन्तप्रसाद काठमाडौंमा नभएकाले प्रचण्डले सोझै नयाँदिल्लीमा सम्पर्क गरी आफू भारत आउन हतारिएको जानकारी गराएका थिए । नयाँदिल्लीले प्रचण्डलाई भ्रमणको व्यवस्था मिलाइने आश्वासन दिएको बुझिएको छ ।
प्रचण्डले चीनमा आफूले भारतीय पक्षसँग भएको सहमतिअनुरूप नै वार्तालाप गरेर फर्केको जानकारी पनि नयाँदिल्लीलाई गराएको बुझिन्छ । तर, चिनियाँ राष्ट्रपतिसँग औपचारिकबाहेक सुटुक्क एक्लै वार्तालाप गरेको कुरालाई भने प्रचण्डले लुकाउने प्रयास गरेका छन् । उनले औपचारिकबाहेक राष्ट्रपति सी जिनपिङसँग अन्य कुनै अनौपचारिक भेटवार्ता नभएको दाबी गर्दै आए पनि प्रचण्डको यस कुरामा नयाँदिल्लीले विश्वास गर्न नसकेको बताइन्छ ।
एक विश्वस्त सूत्रले जनाएअनुसार चीनमा प्रचण्डले चीनस्थित नेपाली राजदूत र आफूसँगै भ्रमणमा गएका व्यक्तिलाई समेत छलेर एक साँझ राष्ट्रपति सी जिनपिङसँग गुप्त भेटवार्ता गरेका थिए । सो भेट र भेटवार्तामा भएका कुराकानीबारे स्पष्ट नगरेमा नयाँदिल्लीले प्रचण्डलाई विश्वास गर्ने स्थिति देखिँदैन । अब कसरी उनले दिल्लीलाई विश्वास दिलाउन खोज्छन् प्रतीक्षाको विषय बनेको छ ।
प्रचण्डले यसै साता भारत बोलाइदिए हुन्थ्यो भन्ने अनुरोध नयाँदिल्लीस्थित अधिकारीहरूसँग गरेका भए पनि उनले चाहेको समयमा भारत भ्रमण हुने देखिएको छैन । बरु भारतले चाहेको समयमा प्रचण्डको दिल्ली भ्रमण हुनसक्ने र त्यसका लागि उनले अझै केही समय कुर्नुपर्ने सम्भावना छ । यद्यपी प्रचण्डले वैशाख १५ गते भारत जाने सार्वजनिक घोषणा गरेका छन् । तर, भारतीय दूतावासले भने यसमा अनभिज्ञता जाहेर गरेको छ । चीनमा राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ताका क्रममा नेपालमा भारतीय भूमिकाको आलोचना गरेका प्रचण्डले चीनको इच्छाअनुसार विभाजित पार्टीलाई एकजुट बनाउने र चीनको विश्वासिलो शक्तिका रूपमा नेपालमा माओवादी पार्टीलाई राखिने विश्वास दिलाएका थिए ।  तर, नेपाल फर्केलगत्तै प्रचण्डले नेकपा–माओवादी पार्टी र त्यसका नेताहरूलाई कठोर आलोचना गर्न सुरु गरेका छन् । यसरी वैद्यहरूको आलोचना गर्दा भारत खुसी हुने विश्वास प्रचण्डमा रहेको बताइन्छ । भारतको विश्वास आर्जन गर्न गरिएका प्रयास असफल भएमा मात्र प्रचण्डले ‘असली रूप’ देखाउन सुरु गर्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान