ठगी गर्ने ‘अधिकार’ खोज्दै सुन व्यवसायी सडकमा

११ बैशाख २०७०, बुधबार ०९:३७ मा प्रकाशित

काठमाडौं, ११ वैशाख । गत सोमबार सरकारी अनुगमन टोलीले सुन पसलमा छापा मारेर न्युरोड क्षेत्रका गणपति ज्वेलर्स, तेजमिन ज्वेलर्स र आबी डायमन्डका सुन जोख्ने तराजु नियन्त्रणमा लिएपछि सुरु भएको सुन व्यापारीहरुको विरोध बढ्दै गएको छ ।  सरकारले बजार अनुगमन गरेको विरोधमा सुन व्यवसायीले मंगलबार जुलुस प्रदर्शन गर्नुका साथै बजारसमेत  बन्द गराए । मंगलबार पनि अनुगमन टोली आउने खबर पाएपछि व्यवसायहरू सटर बन्द गरेर सडकमा उत्त्रिएका थिए । सुन पसलेले प्रमाणित नगरी तौल मेसिन प्रयोग गरिएको, बढी रसायन मिसाइएको र गुणस्तर कायम नगरेको कैफियत भेटिएको छ ।
अनुगमनबाट तीन सुन पसलमा अनियमितता, ठगीलगायतका कैफियत देखिएपछि थप पसलमा अनुसन्धान गरेर एकै पटक मुद्दा चलाउने तयारी चलिरहँदा व्यवसायीहरू विरोधमा उत्रेका हुन् । वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले कैफियत भेटिएका सुन पसललाई कालोबजारी, गुणस्तर तथा नापतौल र उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही अघि बढाउने तयारी गरेको छ ।
अनुगमनको विरोधमा व्यवसायीले मंगलबार दिनभरजसो काठमाडौंका अधिकांश सुन पसल बन्द गरेका थिए । यसरी ठग्न पाउने अधिकार खोज्दै व्यवसायी बिरोधमा उत्रिएपछि उपभोक्ता अधिकारवादी संस्थाले आश्चर्यका साथ आपत्ति जनाएको छ । अनुगमनको विरोध गर्नु भनेको ठग्न पाउनुपर्ने माग गरेजस्तै रहेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले बताए ।  ुयो पित्तललाई सुन भनेर बेच्न पाउनुपर्छ भनेको हो ु भन्दै उनले यस्तो विरोधको सार्वजनिक निन्दा गर्नुपर्ने  बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी