भारतको नेपाल-नीति परिवर्तन नभएको खुर्सिदको खुलासा

११ बैशाख २०७०, बुधबार ०८:४७ मा प्रकाशित

काठमाडौं, ११ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भरत र चीनबीच विभिन्न परियोजनामा त्रिपक्षीय सहकार्यबारे छलफल हुने अभिव्यक्ति दिइरहेका बेला भारतीय विदेशमन्त्री सलमान खुर्सिदले यस्तो त्रिपक्षीय सहकार्य वर्तमान परिवेशमा सम्भव नरहेको प्रस्ट पारेका छन्। भारत कुनै पनि त्रिपक्षीय विषयमा काम गर्ने अवस्थामा पुगिनसकेको जनाउँदै भारतीय निम्तोमा भारत भ्रमणमा रहेका नेपाली पत्रकार टोलीसँग खुर्सिदले केही क्षेत्रमा चीनसँग भारतले द्विपक्षीय र बहुपक्षीय रूपमा काम गरे पनि प्रचण्डले भनेझैँ त्रिपक्षीय विषयमा सोच्नु वा काम गर्नु हतारको काम हुनसक्ने प्रस्टिकरण दिए ।
राष्ट्रसंघ, विश्व व्यापार संगठन, जलवायु परिवर्तनलगायत मुद्दामा चीनसँग सहकार्य हुँदै आएको र पछिल्लो समय राजनीतिक र व्यापारिक सम्बन्ध सुधार भएको विदेशमन्त्री खुर्सिदले उल्लेख गरे। इतिहासमा चीनसँग केही विषयमा गम्भीर समस्या रहे पनि सम्बन्ध सुमधुर बनाउन पुराना समस्यालाई भारतले नउचालेको टिप्पणी पनि उनले गरेका छन् । भारत अहिले पनि चीनलाई बुझ्ने प्रक्रियामा रहेको र चीन पनि भारत बुझ्ने प्रक्रियामा देखिएको भन्दै खुर्सिदले चीनसँग राजनीतिक सम्बन्ध विस्तारमा आठ वर्षयता धेरै काम भएको र यसलाई निरन्तरता दिन चाँडै बेइजिङ जाने तयारीमा रहेको बताए। यसैगरी नेपाल संवेदशील अवस्थामा रहेकाले यतिबेला यथास्थितिले काम नचल्ने भन्दै भारतीय विदेशमन्त्री खुर्सिदले नेपालसँगको सम्बन्धमा नयाँ सोच र संयम आवश्यक रहेको जनाए । भारतको नेपाल नीतिमा तत्कालै परिवर्तन भने नहुने खुलासा पनि उनले गरे र भने- ‘नेपालका कुनै दलविशेषका नेतालाई भारतले महत्व दिएको छैन, कुन नेतालाई कति महत्व दिने भन्ने विषय नेपाली जनताको हो, भारतले सबैलाई बराबरी रुपमा लिएको छ।’

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट