‘विद्यार्थी नेता’ले यतिबेला किन गरे तीन करोड डलरको माग !

११ बैशाख २०७०, बुधबार ०७:१९ मा प्रकाशित

काठमाडौ, ११ वैशाख । निकै आदर्शका कुरा गर्ने उनले आफ्नै छोरा चीनमा पढिरहेको बिर्सिएर नेताका छोराछोरीलाई विदेशमा पढाउनु हुँदैन भन्दै अभियान चलाए, सोवापत उनका जेहेन्दार पुत्र पढाई नै छोडेर नेपाल फर्कन विवश भए । यता छोरोले उच्च शिक्षा अध्ययन पूरा गर्ने बेला भइसक्दा पनि दोहोर्याई-तेहेर्याई विश्वविद्यालय भर्ना हुने उनीचाहिँ अझै ‘विद्यार्थी नेता’ नै छन् । एमाओवादी पार्टीभित्र आफूलाई निकै चल्तापुर्जा पनि सम्झिने यिनले नयाँ प्रपोगण्डा झिकेका छन् ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दाबी गरेर । हो, यिनी हुन् अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा । शान्तिप्रक्रिया सम्पन्न भयो भनी बाबुराम प्रचण्डहरुले दाबी गरिरहेको बेला यत्तिक वर्षपछि शर्माले बबण्डर सुरु गरेका छन्, अर्थात् सशस्त्र युद्धका बेला राज्यले करिब २७ महिना बेपत्ता पार्ने क्रममा चरम यातना दिएको उल्लेख गर्दै ३ लाख डलर क्षतिपूर्तिको मागसहित राष्ट्रसंघीय मानव अधिकार समितिमा उनले उजुरी दर्ता गरेका छन् ।
ट्रायल नामक संस्थाको सहयोगमा स्वीट्जरल्यान्डको जनेभामा उक्त दाबीसहितको उजुरी दर्ता गराएको बुझिएको छ । राज्यले बेपत्ता बनाएको र त्यस क्रममा भैरवनाथ गणमा दिइएको यातना राज्यले स्वीकार गर्नुपर्ने उनको दाबी रहेको बताइन्छ । राज्यले २७ महिना बेपत्ता बनाएको स्वीकार गर्नुपर्ने र त्यसपछि ३ करोड डलर क्षतिपूर्ति पाउनु पर्ने माग उनले उजुरीमा गरेका छन् । सस्तो लोकप्रियताका लागि बेलाबेलामा अनेक नौटंकी झिकिरहने व्यक्तिका रुपमासमेत सहकर्मीहरुमाझ चिनिएका शर्माले हिजो प्रचण्ड र बाबुरामहरुले सत्ता सञ्चालन गरेको बेलाचाहिँ राज्यसँग यो मागदाबी किन गरेनन् भनी यतिबेला सचेत तप्कामा जिज्ञासा पैदा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी