पोर्चुगलमा किन भयो नेपालीलाई सास्ती ?

१० बैशाख २०७०, मंगलवार २२:२९ मा प्रकाशित

काठमाडौं, १० वैशाख । पोर्चुगलस्थित वाणिज्यदूत नहुँदा त्यहाँ बसोबास गर्ने सात हजार नेपालीले सास्ती पाइरहेका छन् । नेपाल सरकारले मकरबहादुर हमाललाई पोर्चुगल (लिस्वन) का लागि वाणिज्यदूत नियुक्त गर्न सिफारिस गरेको महिनौँ बितिसक्दा पनि पोर्चुगल सरकारले एग्रिमो पठाउन ढिलाइ गरेको कारण नेपालीले सास्ती पाएका हुन् ।
प्राप्त जानकारीअनुसार पोर्चुगलका लागि वाणिज्यदूतमा मारिया थेरेसा कार्यरत हुनुहुन्थ्यो । राजधानी लिस्वनबाट करिब तीन सय किलोमिटर टाढाको सहर पोर्तोमा बस्नुहुने मारियालाई क्यान्सर रोगले च्यापेपछि उहाँ नियमित राजधानी लिस्वन पुग्न असमर्थ रहनुभयो । मारियाले काम गर्न नसक्ने स्थिति भएपछि पोर्चुगलस्थित एनआरएनलगायत २२ वटा सङ्घसंस्थाका तर्फबाट एक प्रतिनिधिमण्डल फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावास पुगी वाणिज्यदूत नियुक्तिको माग गर्दै डेढ वर्षअघि नै निवेदन दिएका थिए ।
उक्त प्रतिनिधिमण्डलसँगको छलफलपश्चात् राजदूत मोहनकृष्ण श्रेष्ठले लिस्वनमा सोह्र वर्षदेखि बसोबास गर्दै आएका मकरबहादुर हमालको नाम नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस गर्नुभएको थियो । पोर्चुगललाई राम्रोसंग बुझेको व्यक्ति वाणिज्यदूत नियुक्त भएमा त्यहां नेपालीहरुलाई आइपर्ने समस्या समाधानमा सजिलो पर्ने सम्वद्ध क्ष्ेत्रका धेरैको विश्वास छ । तर, पोर्चुगलको नागरिकता लिइसकेका मकरको नियुक्तिका लागि सरकारले डेढ वर्षसम्म कुनै प्रक्रिया नै सुरु गरेन । दुई महिनाअघि मात्र सरकारले मकरबहादुर हमाललाई नियुक्त गर्न पोर्चुगल सरकारलाई पत्राचार गरेको थियो । तर, पोर्चुगल सरकारले अहिलेसम्म एग्रिमो दिएको छैन, प्रक्रियामा रहेको जवाफ मात्र दिने गरेको छ । दुवैतर्फबाट सरकारहरूको विलम्बका कारण विगत डेढ वर्षदेखि सात हजार नेपालीले लिस्वनमा कठिनाइको सामना गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको