बैंकठग महिला प्रहरी नियन्त्रणमा

१० बैशाख २०७०, मंगलवार २१:३६ मा प्रकाशित

काठमाडौं, १० वैशाख । झुठो विवरण लेखाई बैंकलाई झुक्याएर कर्जा लिई ठगी गरेको आरोपमा अदालतले कारबाहीको फैसला गरेपछि फरार रहेकी भक्तपुरकी लक्षी खड्का पक्राउ परेकी छिन् । बैंक ठग्नुका साथै भष्ट्राचार गरेको मुद्दामा बिशेष अदालत काठमाडौले २०६४ साल जेठमा उनीमाथि ७ लाख १३ हजार ४ सय ३८ जरीवाना र सोही बराबर बिगो समेत ठहर गरेको थियो । तर भक्तपुर दधिकोट–७ निवासी ३८ बर्षीय लक्ष्मी त्यसपछि फरार भएकी थिइन् । उनलाई मंगलबार चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
लक्ष्मी हैण्डक्रयाफट्की प्रोपाईटर लक्ष्मी खड्काले धितो राख्न कानुनी हदम्याद नपुगेको भक्तपुर बागेश्वरी–२, दुवाकोट स्थित जग्गाको जग्गाधनी प्रमाण पुर्जामा स्वामित्व कायम भएको मिति सच्याई किर्ते गाविस सिफारिस र जग्गाको झुठो चारकिल्ला बिवरण लगायत उक्त जग्गालाई नापी नक्सामा अन्यत्रै कच्ची मोटर बाटोसंग जोडेको देखाइएको किर्ते नापी नक्सा तयार गरी बैंकबाट लाखौँ रकम निकालेकी थिइन् । उक्त कार्यमा उनलाई बैंकका प्रवन्धकलगायतका  कर्मचारीहरुको साथ रहेको प्रहरीले जनाएको छ । कृषि विकास बैंक भक्तपुरबाट २०५६ साल साउनमा पहिलो किस्ता कर्जा प्राप्त गरेको र उल्लेखित कर्जा सदुपयोग गरेको भन्ने बैंक प्रवन्धक समेतका कर्मचारीहरुको प्रतिबेदनको आधारमा बाँकी कर्जा प्राप्त गरी तोकिएको समयमा बैंकलाई सावाँ नबुझाई सम्पर्कबिहिन भई बैंकलाई ७ लाख १३ हजार ४ सय ३८ बरावरको हानी नोक्सानी पु¥याएकी थिइन् ।
यस्तै प्रकारको कसुरमा धितो सुरक्षण सम्बन्धी झुठो विवरण बैंकमा पेश गरी कर्जा प्राप्त गर्ने र कृषि बिकास बैंक भक्तपुरलाई हानी नोक्सानी पु¥याउने न्यू कमल बिनायक ट्रेडर्सका संचालक कृष्णमुरारी तिमिल्सिनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री