अमेरिकी राजदूतद्वारा सहयोगको आश्वासन

१० बैशाख २०७०, मंगलवार १९:२६ मा प्रकाशित

रासस, काठमाडौं, १० वैशाख । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले मंगलबार डल्लुस्थित खनाल निवासमा भेट गरेका छन् । भेटमा अध्यक्ष खनालले संविधानसभा निर्वाचनको वातावरण तयार गर्न पार्टी लागिपरेको जानकारी दिँदै अमेरिकालगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट सद्भाव र सहयोगको अपेक्षा पार्टीले गरेको बताए ।
‘मैले चुनावको मिति छिट्टै घोषणा हुनेमा आफू विश्वस्त रहेको र त्यसपछि चुनावी वातावरण सकारात्मक ढङ्गले अघि बढ्ने तथा असन्तुष्ट पक्षसमेतलाई चुनावी प्रक्रियामा सामेल गरी अघि बढ्न मुख्य राजनीतिक दल पनि लागिरहेको अवगत गराएँ’- खनाललाई उद्धृत गर्दै उनका स्वकीयसचिव रामबाबु अधिकारीले जानकारी दिए ।
अमेरिकाले नेपालमा राजनीतिक स्थिरता, शान्ति र समृद्धि चाहेको तथा त्यसका लागि सक्दो सहयोग गर्न आफ्नो देश सधैँ तत्पर रहेको जानकारी राजदूत बोडीले गराएका थिए । उनले संविधानसभा निर्वाचनमा आवश्यकताअनुसार सहयोग गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याएका स्वकीय सचिव अधिकारीले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि