रुपन्देही कांग्रेसले लोकतन्त्र दिवस मनाउने

१० बैशाख २०७०, मंगलवार १८:५८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १० वैशाख । नेपाली कांग्रेस रुपन्देहीले जनआन्दोलनका उपलव्धिहरुलाई संस्थागत गर्न जोड दिँदै जनआन्दोलन दिवस मनाउने भएको छ । जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि लोकतन्त्र दिवस मनाउन लागिएको पार्टी सचिव रामकृष्ण खाणले जानकारी दिए ।
०६२÷०६३ मा नेपालका राजनीतिक शक्तिहरुले तत्कालिन शासन व्यबस्थाबिरुद्ध गरेको आन्दोलनबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्न जोड दिंदै भोली ११ गते जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
आसन्न संबिधानसभाको निर्वाचन निश्पक्ष रुपमा सफल गराउन र सो संबिधानसभा मार्फत बहुजातीय, बहुभाषिक पहिचान सहितको संबिधान सुनिश्चितताका लागि जोड दिंदै कांग्रेस रुपन्देहीले आठौं जनआन्दोलन दिवस मनाउन लागिएको पनि सचिव खाणले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वालकृष्ण खाण, अर्का केन्द्रीय सदस्य वाबुराम राना लगायतका नेताहरु आउने तय भएको छ ।
२०६२÷०६३ मा नेपाली कांग्रेसको अगुवाईमा ससस्त्र संघर्ष गरिरहेको तत्कालिन माओवादीलाई शान्तिको बाटोमा ल्याएर लोकतान्त्रिक गणतन्त्रको लागि गरिएको संघर्ष गरिएको थियो । सोही आन्दोलनको भरमा करिव २ सय ४० वर्ष राजसंस्थाको अन्त्य गरि गाणतन्त्र स्थापना गरिएको थियो । सो उपलव्धिलाई जोगाउन जोड दिंदै कांग्रेसले लोकतन्त्र दिवस मनाउन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी