पत्रकार गगनलाई पत्नीशोक

१० बैशाख २०७०, मंगलवार १८:३० मा प्रकाशित

काठमाडौं, १० वैशाख । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष एवम् पत्रकार गगन बिष्टलाई पत्नीशोक परेको छ । मंगलबार दिउँसो गुल्मीबाट काठमाडौंतर्फ आउने गर्दा बिष्टपत्नी लता बिष्टलगायत आठजना सवार टाटासुमो जिप तानसेन–तम्घास सडकखण्डको खस्यौलीस्थित करङगैरामा दुर्घटनाग्रस्त हुँदा चारजनाको मृत्यु भएको हो । दुर्घटनामा बिष्टका ज्वाइँ र भाञ्जीकोसमेत मृत्यु भएको छ । स्वर्गीय लता पूर्वमन्त्री एवम् एमाले नेता गोकर्ण बिष्टकी भाइबुहारी हुन् ।
विपरित दिशाबाट आएको अर्को सवारीलाई साइड दिने क्रममा चिप्लिएर टाटासुमो सडकबाट दुई सय मिटर तल खोल्सामा खस्दा बिष्टपत्नी लता र बिष्टकी भाञ्जी आस्था जीसीको घटनास्थलमै मृत्यु भएको थियो भने बिष्टका ज्वाइँ ज्ञानबहादुर जीसी र उनका दाइ रामबहादुर जीसीको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा परी अन्य चारजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा गगनका पुत्र सिद्धान्त विष्ट, भाञ्जी उमा जीसी, आदर्श जीसी र गाडीचालक ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । सिद्धान्त, उमा र आदर्शको राजधानीमा उपचार चलिरहेको छ । मृतक ज्ञानबहादुर जीसी किष्ट बैंकमा चार्टर्ड एकाउन्टेन्टका रुपमा कार्यरत रहेका थिए भने गगनपत्नी लता गोरखापत्रका कर्मचारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि