वैद्य सहमतिमा आउने कोइरालाको दाबी

१० बैशाख २०७०, मंगलवार १७:३४ मा प्रकाशित

काठमाडौं, १० वैशाख । चुनावको तिथि घोषणा नभए पनि राजनीतिक दलहरुलाई चुनावी रन्कोले छुन थालेको आभास हुन्छ । भावी निर्वाचनमा आआफ्ना दल विजयी हुने दाबी गर्न कुनै दलका नेतृत्व पनि पछि परेका छैनन् । यसै क्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसप्रति नेपाली जनताको विश्वास बढ्दै गएकाले अबको निर्वाचनमा आफ्नो दल नै पहिलो हुने दाबी गरेका छन् । नेपाल प्रेस युनियन, बाँकेले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो दाबी गरेका हुन् । निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले त्यसको बर्खिलापमा जाने कसैलाई छुट नभएको पनि कोइरालाले बताए ।
माओवादीले चुनावको विरोध गरिरहेको सन्दर्भमा कोइरालाले निर्वाचनको विरोध गरिरहेका नेकपा-माओवादी लगायत अन्य ३३ राजनीतिक दललाई सहमतिमा ल्याइने प्रयास भइरहेको र अन्ततः उनीहरु सहमतिमा आउने दाबी गरे । सभापति कोइरालाले अहिले सबैको चासो लोकतन्त्र बन्नुपर्नेमा जोड दिँदै कात्तिक वा मङ्सिरमा पनि निर्वाचन भएन भने मुलुक सङ्कटमा पर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले