बलात्कृत सीताका परिवार फैसलाप्रति असन्तुष्ट

१० बैशाख २०७०, मंगलवार १५:५० मा प्रकाशित

रासस, भोजपुर, १० वैशाख । साउदीबाट नेपाल फर्कने क्रममा अध्यागमनमा कार्यरत प्रहरी हवल्दार परशुराम बस्नेतद्वारा बलात्कृत सीता राईको जवरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाप्रति उनका परिवारले असन्तुष्टी जनाएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद कोइरालाको इजलासबाट सोमबार भएको फैसलामा पीडकलाई पाँच वर्ष ६ महिना कैद र रु ५० हजार क्षतिपूर्ति जरिवाना सुनाइएको थियो । भोजपुरको गाउँमा बस्दै आएका सीता र उनका परिवारले फैसलाबारे टेलिफोनबाट थाहा पाएपछि सो प्रतिक्रिया दिएका हुन् । सीताका बुबाले भने, “रक्षक भनिने नेपाल सरकारको प्रहरीबाट नै यस्तो घटना घट्दा मलाई चित्त बुझेको छैन । छोरीको बेइज्जतीलाई सम्झिने हो भने त चित्त बुझ्दै बुझ्दैन ।”
अब पुनरावदेन गर्नु हुन्छ कि हुन्न त भन्ने प्रश्नमा भने उनले सोचेर र आफूलाई सहयोग गर्नेहरुसँग छलफल गरेर निर्णय गर्ने बताए । पीडित सीताले भने दोषीलाई अझ कडा कारबाही भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिए ।
सोमबार भएको अन्तिम बहसमा सरकारी वकिलको तर्फबाट जुद्धबहादुर आले मगर, आदीवासी महिला कानुनी सचेतना समूहका तर्फबाट अधिवक्ता लक्ष्मी राई र अर्का अधिवक्ता इन्दिरा श्रेष्ठ मगरले बहस गरेका थिए ।
“मलाई पनि यो फैसला प्रति त्यति चित्त बुझेको छैन । घर परिवारले के भन्नु हुन्छ थाहा छैन तर फैसलाले अपराध भएको ठहर भएको छ” –फैसलापछि अधिवक्ता राईले टेलिफोनमा कुराकानी गर्दै बताए । आर्थिक अवस्था नाजुक रहेका सीता र उनका परिवार गाउँमै खेती किसान गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
पैसा कमाउन र घर परिवारलाई सुख शान्ति दिन भन्दै साढे तीन वर्षअघि  सीता साउदी गएकी थिइन् । साउदीबाट घर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा नै पैसा लुटिएपछि रुँदै बसेकी सीतालाई प्रहरी हवल्दार बस्नेतले घर पठाइदिने बहानामा एक होटलमा लगेर जवरजस्ती गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४