अमेरिकी राजदूतद्वारा ‘टीच फर नेपाल’लाई सहयोगको घोषणा

१० बैशाख २०७०, मंगलवार ०७:२२ मा प्रकाशित

काठमाडौं, १० वैशाख । नेपालमा शैक्षिक असमानताको अन्त्यका लागि कार्यरत विश्वविद्यालय शिक्षा हासिल गरेका तथा युवा पेशेवरहरूको अभियान ‘टीच फर नेपाल’का लागि अमेरिकी राजदूत पिटर डब्लु. बोडीले ६५ लाख रुपैयाँबराबरको सहयोग घोषणा गर्नुभएको छ । शंकर होटलमा आयोजित सार्वजनिक शुभारम्भ कार्यक्रमका अवसरमा फिनल्याण्डका राजदूत, पूर्वउपकुलपति केदारभक्त माथेमालगायत टीच फर नेपालका नेतृत्व परिषद् तथा शुभचिन्तकहरूको उपस्थितिमा उक्त घोषणा गरिएको हो । टीच फर नेपालले वैशाख महिनाको अन्त्यदेखि ललितपुरका सरकारी विद्यालयहरूमा ३० जना युवा नेपाली शिक्षकहरूलाई खटाउन लागेको छ ।
‘टीच फर नेपालसँग आवद्ध शिक्षकहरू नेपालको शैक्षिक परिदृश्य परिवर्तनका लागि शक्तिशाली संवाहकका रुपमा अग्रसर छन्’ भन्दै राजदूत बोडीले अगाडि भन्नुभयो, ‘नेपालका अत्यन्तै न्यून सेवा प्राप्त समुदायका बालबालिकाको जीवन रुपान्तरणका लागि प्रतिभाशाली युवाहरूलाई सशक्त बनाई यस कार्यक्रमले नेपाललाई सम्मृद्धि, स्थायित्व र अवसर हासिल गर्नेतर्फ आवश्यक गतिको सिर्जना गरिदिनेछ ।’
संस्थाका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाल र तालिम प्रमुख स्वस्तिका श्रेष्ठ दुबैले अमेरिकी विश्वविद्यालयबाट शिक्षा हासिल गरेको जानकारी दिँदै राजदूत बोडीले उनीहरूको शिक्षाप्रतिको प्रतिबद्धताबारे भन्नुभयो– ‘शिसिर खनाल र स्वस्तिका श्रेष्ठ नयाँ विचारका साथ आफ्नो राष्ट्रको भविष्यका लागि सकेसम्म ठूलो योगदान पु¥याउने उद्देश्यले स्वदेश फर्केर आउने युवा नेपालीहरूको विशिष्ट उदाहरण हुन् ।’
अमेरिकी सरकारद्वारा टीच फर नेपालका लागि प्रदान गरिएको आर्थिक अनुदानले संस्थालाई ३० जना शिक्षकहरूको पहिलो समूहको  प्रारम्भिक तालिम र भविष्यमा जारी रहने पेशागत विकासका साथै शिक्षकहरूको अर्को समूहको नियुक्तिका लागि समेत सहयोग पु¥याउने बताइएको छ ।
स्मरण रहोस्, अमेरिकाका तेजस्वी युवाहरूलाई निम्न आय भएका समुदायका प्राथमिक तथा माध्यमिक विद्यालयमा दुई वर्ष अवधिका लागि शिक्षकका रुपमा कार्य गर्न खटाउने उद्देश्यका साथ अमेरिकामा २५ वर्षअघि खडा गरिएको ‘टीच फर अमेरिका’कै ढाँचामा टीच फर नेपाल स्थापित भएको हो । यस्ता किसिमका कार्यक्रम बङ्गलादेश, चीन, भारत र पाकिस्तान लगायत २६ वटा अन्य राष्ट्रहरूमा पनि कार्यान्वयन गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट