
रुपन्देही, १० वैशाख । जिल्लाको ऐतिहासिक वाणगंगा नदिमा रहेको रामघाटमा दाहसंस्कारको लागि दाउराको समस्या भएपछि दाउरा बिक्री डिपो संचालनमा ल्याइएको छ । कपिलवस्तु नगरपालिका र जिल्लाका दक्षिणी ३५ वढि गाविसका वासिन्दाले दाहसस्कारको लागि रामघाटमा ल्याउंदा लास जलाउनको लागि समस्या परेको कारण सो समस्यालाई समाधान गर्न यो अभियानको थालनी गरिएको हो ।
जिल्ला वन आपुर्ति समिति र तिलौराकोट साझेदारी वनको समन्वय गरि युवा दुत सामाजिक विकास केन्द्रलाई जिम्मा दिइएको छ । जसको व्यस्थापनको लागि तिलौराकोट साझेदारी वनवाट दाउरा ल्याउने र रामघाट नजिकैको क्षेत्र कपिलवस्तु नगरपालिका वडा नं १२ डेरवामा दाउरा विक्री डिपो स्थापना गरिएको छ । सो डिपोको उद्घाटन गदै जिल्ला वन अधिकृत कृष्णप्रसाद पोख्रेलले दाउराको सदुपयोग गरी सेवामुखी भावनाले काम गर्नुपर्ने बताउनु भयो ।
यसैबीच थाइल्याडवाट नेपाल भम्रणमा आएका भिक्षु पर्यटकले एक कार्यक्रमका विच तिलौराकोट नजिक रहेका अनाथ तथा विपन्न वर्गका ५ सय जनालाई खाद्यान्न वितरा्ण गरेका छन् । उनिहरुले चामल, दाल, नुन, मसला लगायतका साम्रगी कपिलवस्तु नगरपालीका वडा नं १२ मा रहेको सिद्धार्थ गौतम वुद्ध विहारमा स्थानीयलाई भेला गरी सामग्री वितरण गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका छन्। सरकारको नीति तथा
काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन वा नहटाउने बहस चलिरहेको छ । मौजुदा मुलुकी अपराध संहिता–२०७४ अनुसार बलात्कारसम्बन्धी घटनामा जाहेरी
न्युयोर्क । विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ