मुनाफामा मिसन बैक

१० बैशाख २०७०, मंगलवार ०७:०२ मा प्रकाशित

रुपन्देही, १० वैशाख ।  मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रोे त्रैमासिक अवधिमा १ करोड २५ लाख ३० हजार संचालन मुनाफा आर्जन गरेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकले ८१ करोड ९७ लाख ४ हजार निक्षेप संकलन गरी ६६ करोड ७५ लाख १४ हजार कर्जा प्रवाह गरेको जनाएको छ ।
बुटवलमा केन्द्रिय कार्यालय रहेको बैंकको कुनै खराब कर्जा नभएको बैंकले दाबी गरेको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासी गरी तीन जिल्ला कार्यक्षेत्र भएको उक्त बैंकको चुक्ता पुँजि ७ करोड रहेको छ भने भवियमा ३ करोडको प्राथमिक शेयर निष्कासन गर्नको लागि अन्तिम तयारीमा रहेको समेत बैंकले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा यो आ.व.मा निक्षेप संकलन, कर्जा प्रवाह तथा खुद नाफा उल्लेख्य रुपमा बृद्धि भएको भन्दै हाल डाइभरटोल, भुमहि, गोपिगंज, तामनगर र बाँसगढि गरी ५ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले  जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत