पहेँला पात बटुल्दै एमाओवादी मख्ख छ : ओली

१० बैशाख २०७०, मंगलवार ०७:०० मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, १० वैशाख । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले एकीकृत माओवादी यतिबेला विचार र सिद्धान्तविहीन पार्टी बनेको बताएका छन् । ६५औं कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले लुम्बिनी अञ्चल कमिटीले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाओवादीले आफैले भन्दै आएको नयाँ जनवाद, २१ औँ शताब्दीको जनवाद, प्रचण्डपथ, जनमुक्ति सेना आदि सबै छाडेर अहिले कुनै धरातल नभएको पार्टी बन्न पुगेको दाबी गरे । नेता ओलीले एमाओवादी कम्युनिष्टको नाममा कलंक तथा ठग र लुटेराहरुको गिरोह मात्रै भएको आरोप पनि लगाए ।
अघिल्लो संविधानसभा चुनावमा एमाओवादीले बन्दुकको भरमा चुनाव जितेको तर्क गर्दै ओलीले अब हुने चुनावमा ऊ वास्तविक साइजमा आउने दाबी गरे । ‘जनताले प्रचण्ड, बाबुराम र मोहन वैद्यलाई कम्युनिष्ट मान्दैनन्’– ओलीले भने, ‘देशको सच्चा कम्युनिष्ट पार्टी एमाले हो भन्ने जनताले बुझिसके ।’ संविधानसभा चुनावमार्फत लोकतान्त्रिक संविधान बनाउन एमालेको वहुमत र लोकतान्त्रिक शक्तिहरुको २ तिहाई सिट ल्याउन सानातिना मतभेदमा नअल्झेर चुनावमा केन्द्रीत हुन ओलीले कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टी छाडेका नेता रामचन्द्र झाहरुप्रति संकेत गर्दै ओलीले उनीहरु पहेंलिएर झरेका पात भएको र एमाओवादी त्यस्तै झरेका पातहरु बटुल्दैमा मख्ख परेको भन्दै ब्यङ्ग्य गरे ।
माक्र्सवाद, समाजवाद र जनताको वहुदलीय जनवाद विश्वमै सबैभन्दा वैज्ञानिक, आधुनिक र सामाजिक सिद्धान्त भएको दावी गर्दै ओलीले माक्र्सवादको विरोध गर्नेहरु मुर्ख र फटाहा मात्र हुनसक्ने टिप्पणी गरे । कार्यक्रममा एमाले नेताहरु देबेन्द्र घिमिरे, छविलाल विक, जानकी न्यौपाने, खिमलाल भट्टराई, गोपालभट्टराई लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट