निर्वाचन हुन नदिने षडयन्त्र गरिदैछ: काँग्रेस नेता महत

१० बैशाख २०७०, मंगलवार ०५:५५ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १० वैशाख । कांग्रेस बरिष्ठ नेता डा. रामशरण महतले वर्तमान सरकारलाई निर्वाचन गराउन नदिने षडयन्त्र भइरहेको वताउनुभएको छ । नेता महतले देशमा लोकतन्त्र र प्रजातन्त्रसँग डराउने विभिन्न शक्तिहरुले खिलराज रेग्मीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई निर्वाचन गराउन नदिने उद्देश्यले विभिन्न षडयन्त्र भैरहेको वताउनुभएको थियो । नुवाकोटको गेर्खुमा सोमबार गेर्खुखोला–दाह्रेगौंडा–फलाँटे सडकको उद्घाटन गर्दै नेता महतले लोकतन्त्र र प्रजातन्त्रको मूल आधार भनेकै निर्वाचन भएको स्पष्ट पार्दै सरकारले मंसीरभन्दा ढिलो गरेर निर्वाचन गर्न नहुने वताउनुभयो । आउँदो असारमा त निर्वाचन हुँदैन, हुँदैन । मंसीरमा पनि नभए देश गम्भीर स्थितिमा फस्ने ठोकुवा गर्दै डा. महतले सरकारले कात्तिकको अन्तिम अथवा मंसीरको सुरुको मितिमा नयाँ संविधानसभाको निर्वाचन गर्नुपर्ने वताउनुभयो । पहिले रेग्मीको नेतृत्व स्वीकार गरेका कतिपय शक्तिहरुले हाल आएर चुनावी मिति घोषणा गर्न नसकेको आरोप लगाउँदै सरकारको दिनगन्ति सुरु भएको भन्नु हाँस्यास्पद भएको डा. महतले वताउनुभयो । सरकारलाई चुनावी माहौल सिर्जना गर्ने दायित्व सहमति गरेका वा नगरेका सम्पूर्ण दलहरुको रहेका कारण देश र जनताको लागि सम्पूर्ण दललाई इमान्दारी हुन डा. महतले आग्रह गर्नुभयो । शान्ति र संविधानका लागि दलहरु नमिलेका कारण सर्वोच्चका प्रधानन्यायाधिश रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन गरिएको वताउँदै डा. महतले विरोध गरिरहेका दलहरुलाई सहमतिमा ल्याएर देशमा नयाँ निर्वाचन गराउने जिम्मेवारी वर्तमान सरकारको भएको वताउनुभयो । चुनावका लागि तयारी स्वरुप सरकारले बाँकी रहेका कामहरु क्रमशः गरेर दल दर्ता र मंसीरभित्र चुनाव सम्पन्न गर्ने गरी मिति तोकिनुपर्ने डा. महतको भनाई छ । नेता महतले विगतमा छुटेका मतदाता नामावली संकलन गर्ने कार्य बाँकी रहेका कारण सरकारको तर्फबाट निर्वाचनको मिति घोषणा हुन नसकेको पनि खुलासा गर्नुभयो । ३० लाख मतदाता नामावली छुटेका कारण सरकारले निर्वाचन आयोगलाई जेठसम्म छुटेका मतदाता नामावली संकलन गर्नुका साथै असार, साउनमा तयारी गरी मंसीरमा निर्वाचनको मिति सार्वजनिक गर्न नेता डा. महतले आग्रह गर्नुभयो । विगतमा एमाओबादीले नेपाली जनतालाई झुठा र मिठा आश्वासन दिएका कारण अब जनताको आकांक्षालाई अनावश्यक रुपमा उचाल्ने होइन, सक्ने र पूरा गर्ने प्रतिबद्धता गर्नुपर्ने कांग्रेस बरिष्ठ नेता महतले आग्रह गर्नु भयो । कार्यक्रममा मोटरबाटो निर्माण समितिका अध्यक्ष रामप्रसाद धमला, नुवाकोट रेडक्रसका सभापति गणेशकुमार नेपाल, सुन्दरी क्यौरिनी उच्च माविका प्राचार्य रामचन्द्र पाण्डे, कांग्रेस २ नं. क्षेत्रीय सदस्य रङ्गनाथ नेपाल, गेर्खुटार क्लबका भैरबबहादुर प्याकुरेल, नेकपा एमालेका भरत धमलालगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम