‘संविधान निर्माण सुनिश्चित गर्न कांग्रेससँग एमालेले तालमेल गर्ने’

९ बैशाख २०७०, सोमबार २१:१९ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले नेपाली जनता निर्वाचनको पक्षमा भएकोले नेकपा–माओवादीले चुनाव बहिस्कार गरे पनि केही फरक नपर्ने धारणा अघिसारेका छन् । माओवादीले प्रतिरोध गरे जनताले दबाब दिने उल्लेख गर्दै उनले कुनै पनि हालतमा निर्वाचन भएरै छोड्ने ठोकुवा गरे । राजधानीमा आयोजित साक्षात्कारमा मन्तव्य दिँदै उनले चुनावविरोधिहरुलाई सहमतिमा ल्याउन उच्चस्तरीय राजनीतिक समिति र मन्त्रीपरिषद विस्तारको लागि प्रमुख दलहरु तयार रहेको बताए ।
स्वतन्त्र निर्वाचनको लागि अघिल्लो सरकारले गरेको राजनीतिक पूर्वाग्रही निर्णय सच्याउनु पर्ने माग प्रस्तुत गर्दै उपाध्यायले आगामि निर्वाचनमा साझा पहिचानसहितको संघीयता र लोकतन्त्रका पक्षधर दलहरुसँग चुनावी तालमेल हुने स्पष्ट पारे ।
सोही कार्यक्रममा नेकपा एमालेका नेता रघुजी पन्तले निर्वाचन नै मुलुकको लागि निकासको एकमात्र विकल्प भएकोले यो प्रक्रिया भाँड्नेहरु राष्ट्रियता र लोकतन्त्रको पक्षधर नहुने दावी गर्दै निर्वाचन भाँड्ने गरी आएका उच्चस्तरीय राजनीतिक समितिको खारेजी, गोलमेच सम्मेलन र वर्तमान सरकारको वर्खास्तगीको माग पुरा गर्नै नसक्ने स्पष्ट पारे ।
उनले भने– ‘उच्चस्तरीय राजनीतिक समितिमा प्रतिनिधित्व गराउन सकिन्छ तर खारेजी हुन सक्दैन । गोलमेच सम्मेलन आउटडेटेड भईसक्यो, मुलुक त्यतातिर जान सक्दैन । मतदाता नामावली संकलन भाँड्ने काम सहिँदैन । एमालेले त्यस विरुद्ध कार्यकर्ता परिचालन गर्छ ।’
नेकपा एमाले जातीय संघीयता र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासन प्रणालीको विपक्षमा रहेकोले त्यसमा धारणा मिल्ने नेपाली कांग्रेससहितका दलहरुसँग लोकतान्त्रिक शक्तिहरुको दुई तिहाई बहुमत ल्याउने गरी चुनावी तालमेल हुने स्पष्ट पार्दै पन्तले भने– ‘एमालेको बहुमत र लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत ल्याउने गरी तालमेल हुन्छ । लोकतान्त्रिक शक्तिको दुई तिहाई बहुमत नआए फेरि पनि संविधान बन्दैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि