लोकमानको पक्षमा प्रचण्डको अडान

९ बैशाख २०७०, सोमबार २०:०२ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । आफैंले गरेको निर्णयबाट एमाले र कांग्रेसको नेतृत्वले हात झिक्ने सम्भावना बढिरहेको बेला माओवादी अध्यक्ष प्रचण्डले पूर्वमुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएरै छाड्ने पहलकदमी दर्शाएका छन् । सोमबार सर्वोच्च अदालतलाई  लिखित जवाफ पठाउँदै प्रचण्डले ‘पूर्वअनुमान, शंका र अखबारका समाचारकै भरमा कार्कीलाई अख्तियार प्रमुख बनाउन हुन्न भन्ने रिट परेको दाबीका साथ त्यसलाई खारेज गर्न माग गरेका छन् । कार्कीविरुद्ध गत चैत ७ गते परेको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रचण्डले पूर्व सरकारका राजनीतिक दलहरूले कार्कीलाई सम्मानपूर्वक सुविधा दिँदै आएको अवस्थामा शंका र पूर्वानुमानका आधारमा अख्तियार प्रमुख बनाउन हुन्न भन्ने तर्क ठिक नरहेको उल्लेख गरेका छन् । कार्कीलाई अख्तियार प्रमुख बनाउन चार दलको उच्चस्तरीय राजनीतिक समितिले निर्णय गरी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई सिफारिस गरेलगत्तै  सर्वोच्चमा त्यस निर्णयविरुद्ध रिट दर्ता गरिएको थियो भने सर्वोच्चले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, अख्तियार, प्रचण्डसँग कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन नहुने विषयमा लिखित जवाफ माग गरेको थियो । त्यही मागअनुसार उनले सर्वोच्चमा कार्कीको पक्षमा लिखित जवाफ पठाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका