उत्तरपुस्तिका हराएको भन्दै क्याम्पसमा तालाबन्दी, दुई महिला प्रहरीले भगाए महिला कैदी

९ बैशाख २०७०, सोमबार १९:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ बैशाख । सुरक्षा घेराभित्र उपचार गराइरहेका थुनुवा फरार भएपछि  रुपन्देहीका दुई महिला प्रहरी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार महिला सेलमा कार्यरत प्रहरी हवल्दार बृन्दाकुमारी केसी र प्रहरी जबान कमला कुमाललाई लापर्वाही गरेको भन्दै सेवाबाट निलम्बित गरि कारबाही  अघि बढाइएको  हो  । कर्तब्य ज्यान मुद्दाको अभियोयमा  थुनामा  रहेकी जमुना देवी मुखिया उपचारका क्रममा  भैरहवास्थित भीम अस्पतालबाट भागेपछि उनिहरुलाई लापर्वाही गरेको अभियोगमा कारवाही गरिएको छ भने फरार कैदी जमुनादेवीको खोजी तिब्र पारिएको बताइएको छ ।

अनिश्चितकालिन तालाबन्दी
नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी बाणिज्य क्याम्पस कमिटिले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
बी.बी.एस.दोस्रो वर्षमा अध्ययनरत परीक्षार्थी प्रकाश खड्काद्वारा २०७० साल वैशाख २ गते दिइएको फाइनान्स विषयको परिक्षाको उत्तरपुस्तिका क्याम्पस प्रशासनले हराएको भन्दै क्रान्तिकारीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
उत्तरपुस्तिका हराउनु प्रशासनकै कमजोरी रहेको भन्दै तत्काल समस्याको समाधान गर्न क्याम्पस प्रमुखलाई २४ घण्टे अल्टिमेटम समेत पेश गर्दा समेत यस विषयमा क्याम्पस प्रशासन मौन रहेकोले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको (क्रान्तिकारी)का क्याम्पस कमिटि अध्यक्ष राजु जि.सी.ले बताए । क्याम्पस प्रशासनले भने उत्तरपुस्तिका हराएको नभएर विद्यार्थी प्रकाश खड्का र प्रतिमा भट्टराईको उत्तरपुस्तिकाको सिरियल नं. एउटै भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय