रेग्मीद्वारा नेपाली सेनाको प्रशंसा

९ बैशाख २०७०, सोमबार १९:१९ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले जंगी अड्डा पुगी नेपाली सेनाबारे जानकारी लिनुभएको छ । अध्यक्ष रेग्मीलाई सेनाको मुख्यालयमा स्वागत गर्दै प्रधानसेनापति गौरवशमशेर राणाले नेपाली सेनाबारे जानकारी गराउनुभयो ।
सो क्रममा प्रधानसेनापति जबराले साधनयुक्त सेनाले मात्र राष्ट्रिय उद्देश्य प्राप्त गर्न सक्ने विचार व्यक्त गर्नुहुँदै नेपाली सेना राष्ट्रिको एक महत्वपूर्ण स्तम्भ र अंग भएको यथार्थलाई मनन गर्दै नेपाली सेनाको समयानुकुल परिमार्जनको लागि दीर्घकालीन योजना जरुरी रहेको धारणा प्रकट गर्नुभयो । उक्त अवसरमा नेपाली सेनाको भूमिका, जिम्मेवारी, विद्यमान अवस्था र सुरक्षा वस्तुस्थितिबारे सेनाका युद्धकार्य महानिर्देशक, व्यवस्था तथा नीति निर्देशक र युद्धकार्य निर्देशकबाट ब्रिफिङ भएको बताइएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले नेपाली सेना नेपालको सार्वभौमिकता रक्षार्थ राष्ट्रको स्थायी स्तम्भको रुपमा रहि आएको उल्लेख गर्दै संगठनलाई फ्लेग्जिवल, रेस्पोन्सिभ र एडप्टिभ बनाउने प्रयत्नप्रति सैनिक नेतृत्वको सह्राहना गर्नुभयो । सेनाको आधुनिकीकरणमा नेपाल सरकारको तर्फबाट स्रोत तथा साधन उपलब्ध हुने आश्वासन पनि उहाँले दिनुभएको सैनिक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय