कलाकार पनि नेता बन्ने

९ बैशाख २०७०, सोमबार १८:५५ मा प्रकाशित

तुलसीपुर, ९ वैशाख । पेशागत हकहितको लागि भन्दै कलाकारहरुले आगामी संविधानसभामा नयाँ पार्टी नै खोलेर निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको खुलासा भएको छ । रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा गरेको साक्षात्कारमा गायिका कोमल वलीले पेशागत हकहितको लागि आगामी संविधानसभाको निर्वाचनमा कलाकार उम्मेदवार बन्ने बताउँदै त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी समेत भईरहेको जानकारी दिइन् ।
शाखा अध्यक्ष शरद रेग्मीको सभापतित्वमा भएको साक्षात्कारमा उनले त्यसका लागि कलाकारहरुले पटक–पटक छलफल समेत गरिसकेको स्पष्ट पारिन् ।
वलीले भनिन्– ‘अब केही दिनमा नै दल दर्ता गरी चुनावमा जाने निश्चित गर्नेछौँ । राज्यले कला–संस्कृतिको संरक्षण र कलाकारहरुको मर्म कहिले पनि बुझेन । कलाकारहरु राज्यका गहना भएकोले राज्य यस विषयमा गंम्भीर हुनुपर्छ ।’ गायिका वलीले कलाकारहरुलाई राज्यले उपेक्षा गरेका कारण विदेशिन वाध्य भएको गुनासो गर्दैे कलाकारहरुको हितको लागि संगीत विकाश वोर्डको स्थापना हुनुपर्नेमा जोड दिइन् । साक्षात्कार उनले कलाकारहरु लाई विदेश भ्रमणमा जाँदा राज्यले रातो पासपोर्टको ब्यवस्था गर्नु पर्ने माग गर्दै कला क्षेत्रको विकासका नाममा खुलेका संघ संस्थाहरुले कला क्षेत्रको भन्दा ब्यक्तिगत विकासमात्रै गरेकोले विकास बोर्ड नै गठन गर्नु पर्ने आवश्यकतामा जोड दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा