बुलेटप्रुफ कार चढ्ने कोही भएनन्

९ बैशाख २०७०, सोमबार १५:१२ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । नेपालका राजनीतिकर्मीहरु ठूलो ओहदामा पुगेपछि देश र जनताको सेवा गर्नेभन्दा आफ्नै ढुकुटी भर्ने र जसरी हुन्छ विलासिताको जीवन गुजार्ने प्रपञ्चमा लागेका देखिन्छन् । आजसम्म देश पछि पर्नुको एउटा मुख्य कारण पनि यही हो । तर, अन्तरहृदयदेखि नै हो वा लोकलाजको डरले वर्तमान राष्ट्रपति र चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिरलारज रेग्मी भने यसरी राज्यको सम्पत्ति प्रयोग गरेर विलासिताको जिन्दगी बिताउन अनिच्छुक देखिएका छन् ।
पूर्वराजाहरुले प्रयोग गरेको अति सुविधाजनक बुलेटप्रुफ बेन्ज कार प्रयोग गर्न उनीहरुलाई सम्बन्धित निकायले अनुरोध गर्दा दुबैले नमानेपछि यस्तो अनुभूति गरिएको हो । झन्डै चार वर्ष त्यत्तिकै थन्किएर रहेको लगभग तीन करोड मूल्य पर्ने सो कारलाई गृहमन्त्रालयले हालै मात्र लाखौँ खर्च गरी तयारी हालतमा राखेको छ । तर चढ्ने मान्छे नहुँदा मन्त्रालयको कम्पाउण्डमा कार त्त्तिकै थन्किएर रहेको छ ।
गृह मन्त्रालयका अधिकारीका अनुसार जर्मनीमा बनेको सो कारको मूल्य साढे तीन करोड रुपैयाँभन्दा बढी पर्छ । तर, पूर्वराजाहरूले चढ्ने गरेको सो बहुमूल्य गाडी प्रयोग गर्न कोही पनि विशिष्ट व्यक्ति तयार नभएपछि सो गाडी त्यसै थन्क्याइएको उनले जनाए । सो गाडी तत्कालीन राजा वीरेन्द्रकै पालामा राजदरबारले किनेको थियो । वीरेन्द्रको वंशविनाशपछि राजा बनेका ज्ञानेन्द्रले पनि सो गाडी प्रयोग गरेका थिए । ०६५ मा ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएलगत्तै सो बुलेटप्रुफ गाडी गृह मन्त्रालयमा ल्याएर राखिएको थियो । चार वर्षसम्म डम्पिङ गरिएकाले गाडीको टायर बिग्रेको थियो । अरु बिग्रन नपाओस् भन्ने उद्देश्यले हाल सो गाडी समय समयमा गृह मन्त्रालयमा रहेको सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनसम्बद्ध चालकहरूले चलाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि