किशोरीको हातखुट्टा बाँधेर रातभरी बलात्कार

९ बैशाख २०७०, सोमबार १४:१४ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । नेपाली समाजमा बलात्कारका घटना सार्वजनिक हुने क्रम बढ्दै गएको परिवेशमा सुनसरीको पचिरा गाउँमा एक १५ वर्षीया किशोरीलाई जघन्य किसिमबाट बलात्कार गरिएको घटना प्रकाशमा आएको छ । उनीमाथि हातखुट्टा बाँधेर रातभर बलात्कार गरिएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उक्त बलात्कारको अमानवीय घटना गत ५ गते नै भए पनि किन ढिलो गरी सार्वजनिक गरियो भन्ने सन्दर्भमा यतिबेला सवाल पनि उठाइएको छ ।
बताइएअनुसार गाविसमा लागेको मेलाबाट फर्कने क्रममा ५ गते साँझ सिमरिया गाविसकी ती किशोरीलाई सोही ठाउँका ३५ वर्षीय दिलीप चौधरीले पचिरास्थित बाँसघारीनजिक खेतमा लगेर हातखुट्टा बाँधी बलात्कार गरेका हुन् । बलात्कार गर्दागर्दै किशोरी बेहोस भएकी थिइन् भने त्यसपछि अत्तालिएका बलात्कारी उनलाई त्यत्तिकै छोडेर भागेका थिए ।
भोलिपल्ट बिहान खेतमा मूर्छित अवस्थामा किशोरीलाई  देखेपछि स्थानीय बासिन्दाले परिवारलाई खबर गरेका थिए भने उपचार र प्रहरी निकायमा उजुरी दिने प्रक्रिया पनि त्यसपछि नै सुरु भएको थियो । सुरुमा प्रहरीले उजुरी दर्ता गर्नै नमानेबाट यसमा प्रहरीले अनियमितता गरी अनुचित लाभ लिन खोजेको आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा