ग्यास सिलिण्डर फुटरिङ गर्ने घिमिरेको अर्को अपराधको पोल खुल्यो

९ बैशाख २०७०, सोमबार १३:४३ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । उपभोक्ता ठग्ने मामलामा कहलिएका र अन्य कम्पनीका ग्यास सिलिण्डरको पिँध काटेर उपभोक्ताको सुरक्षामा जघन्य धावा बोलेर पनि कारबाही भोग्नुबाट उम्किएका सुगम ग्यास उद्योगका शिव घिमिरेको अर्को अपराध छताछुल्ल भएको छ । उनको स्वामित्वमा टेकुमा रहेको कनक ट्रेड सेन्टरको पेट्रोल पम्पमा गुणस्तर तथा नापतौल विभागले छापा मार्दा व्यापक रुपमा उपभोक्तामाथि ठगी हुने गरेको पाएपछि पम्प बन्द गरेको छ । विभागको संयोजकत्वमा आइतबार गएको संयुक्त बजार अनुगमन टोलीले उक्त सेन्टरमा सञ्चालित पम्पको ५ वटै नोजलबाट कम पेट्रोल तथा डिजेल बिक्रीवितरण गरी उपभोक्ता ठगी गरेको फेला पारेको थियो ।
उपभोक्ताले उक्त पम्पबाट ५ लिटर पेट्रोलियम पदार्थ किन्दा ५० मिलिलिटरदेखि १ सय २० मिलिलिटरसम्म कम पाइरहेको गुनासो गरेको उजुरी विभागमा परेको थियो । पेट्रोलका ३ र डिजेलका २ वटा नोजलबाट ५ लिटर पेट्रोलियम पदार्थ बेच्दा ५० मिलिलिटरदेखि १ सय २० मिलिलिटरसम्म कम पेट्रोलियम पदार्थ मात्र बेचेर उपभोक्ता ठगी गरिरहेको स्पष्टै देखिएको अनुगमनमा सहभागी एक सदस्यले बताए ।
स्मरण रहोस् खाना पकाउने ग्यासको सिलिन्डर अवैध रूपमा फुटरिङ गरिरहेको प्रमाणित भएपछि उद्योग मन्त्रालयले एक वर्षअघि उनलाई ५ लाख रुपैयाँ जरिवाना गरेको थियो । उक्त अभियोगमा निगमले घिमिरे सञ्चालित सुगम ग्यास उद्योगको कारोबार ६ महिना रोक्का गरेको थियो । उनमाथि उपभोक्तको ज्यानकै सुरक्षामा धावा बोलेको भन्दै कडा कारबाही चलाउन उठेका आवाज त्यतिबेला घिमिरे ६ महिना लुकेर बसेपछि त्यत्तिकै सेलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी