बलात्कार–पीडितलाई न्याय दिलाउन प्रदर्शन

९ बैशाख २०७०, सोमबार १३:०६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ वैशाख । सामूहिक बलात्कारमा परेकी नवलपरासी सुनवलकी २१ वर्षीया महिलालाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै पीडितका आफन्त र गाउँलेले बुटवलमा जुलुस प्रदर्शन गरेका छन् । जुलुस प्रदर्शनपछि उनीहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना पनि दिए । रुपन्देही र नवलपरासीका विभिन्न गाउँबाट आएका महिला, बिद्यार्थी, बालबालिका, तथा अन्य गाउँलेहरुले प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।
यसअघिका घटनामा संलग्नलाई कारबाही नहुँदा आपराधिक प्रवृत्तिका व्यक्तिहरुको मनोबल बढेको भन्दै गाउँलेहरुले बलात्कारका घटनामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन आग्रह गरेका छन् । पीडितलाई न्याय, राहत तथा सुरक्षाको अनुभूति दिलाउन जरुरी रहेकाले गाउंलेहरु धर्ना दिन आएको सुनवलकी अगुवा महिला सुनिता अर्यालले बताउनुभयो । धर्नामा बलात्कार गर्नेलाई कारबाही गर, फरार अभियुक्तलाई पक्राउ गर, पिडितलाई उचित क्षतिपुर्ति दे लगायतका नारा लगाएका थिए । धर्ना तथा जुलुसमा भवानी आमा समुह, विभिन्न टोलका स्थानिय बासिन्दाहरुको उपस्थित रहेको थियो । यसैबीच रुपन्देहीका अधिकारकर्मीहरुले सामूहिक बलात्कारको शिकार भएकी पीडित महिलालाई न्याय, राहत र सुरक्षाको अनुभूति दिलाउन राज्यका सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी