पत्रकार यादव पौडेल हत्याको सर्वत्र निन्दा, दोषीलाई पत्ता लगाई कारवाहीको माग

२२ चैत्र २०६८, बुधबार ०९:४३ मा प्रकाशित

काठमाडौ, २२ चैत । गएराति हत्या गरिएका पत्रकार यादव पौडेलको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पतालमा लगिएको छ । पौडेलको अहिले पोस्टमार्टमा भइरहेको छ । पत्रकार यादव पौडेलको शव हत्या गरिएको अवस्थामा बिर्तामोड नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर अगाडि फेला परेको हो । घटना भएका बखत पौडेलसँगै रहेका होटल संचालक तथा शंकास्पद केही व्यक्तिलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले युवराज गिरी, मन्जु ढकाल, सोमलगायत १२ जनालाई पक्रेको छ । पौडेलको मोटरसाइकल शव नजिकै स्ट्यान्ड लगाएको अवस्थामा फेला परेको छ भने उहाँको जुत्ता फेला परेको छैन । प्रहरीका अनुसार शव भेटिएको स्थानबाट नजिकै उहाँको हत्या गरी घिसारेर त्यहाँसम्म ल्याई फ्याँकेको हुन सक्ने शङ्का छ । पौडेल एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका झापा संवाददाता तथा झापाको न्यू मेचीटाइम्स दैनिकका कार्यकारी सम्पादक पदमा कार्यरत हुनुहुन्थ्यो । मोरङको सिजुवा ९ घर भई पाँच वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएका ३८ वर्षका पौडेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पौडेलको घाँटी, अनुहार र टाउकोमा धारिलो हतियार प्रहारबाट गहिरो चोट देखिएको छ । करिब १० वर्षदेखि पत्रकारितामा सक्रिय पौडेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यसैबीच नेपाल पत्रकार महासङ्घले घटनाबारे सत्यतथ्य छानवीनका लागि अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरेको छ । महासङ्घको आज बिहान बसेको आकस्मिक बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानवीन टोली गठन गर्ने निर्णय गरेको हो । महासङ्घको छानवीन टोली आजै झापा जाँदै छ । टोलीमा सल्लाहकार पोषण केसी, पूर्वान्चल संयोजक मोहनकाजी, झापाका अध्यक्षलगायत रहनुभएको छ । महासङ्घले घटनामा संलग्न दोषीलाई तत्काल पत्ता लगाउन सरकारसँग माग गरेको छ । यसैगरी पीडित परिवारलाई राहत उपलब्ध गराउन पनि महासङ्घले आग्रह गरेको छ । बैठकले आज दिउँसो ४ बजे देशभरका सबै शाखाहरूमा शोकसभा गरिने कार्यक्रम पनि तय गरेको छ ।

यसैबीच, सरकारले पत्रकार पौडलेको हत्या घटनाको सकेसम्म तत्काल छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ । घटना थाहा पाएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महासङ्घ अध्यक्ष शिव गाउँलेलाई फोन गरी सरकारले हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।
यसैवीच झापाका पत्रकार यादव पौडेलको हत्याले नेपालको प्रेस स्वतन्त्रता दयनीय भएको खुलासा भएको रिपोटर्स क्लब नेपालले जनाएको छ । क्लबले प्रेस विज्ञप्ती जारी गर्दै प्रजातन्त्र र लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको सन्चार क्षेत्र र सन्चारकर्मीमाथिको आक्रमण सम्पूर्ण नेपाली जनतामाथिको आक्रमण भएको उल्लेख गरेको छ । सञ्चारकर्मी हत्याको घटना सिङ्गो पत्रकारितामाथिको आक्रमण भएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।  हत्यामा संलग्नलाई कानुनी कार्वाहीको दायरामा नल्याए क्लब आन्दोलनमा उत्रन बाध्य हुने पनि विज्ञप्तीमार्फत् चेतावनी दिइएको छ । यस्तै मृतक पत्रकारलाई सहिद घोषणा गर्नुपर्ने,  मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने पनि माग गरिएको छ ।
यसैबीच विभिन्न सन्चारमाध्यम कार्यरत झापाका पत्रकारहरूको आज बसेको आकस्मिक बैठकले दोषी तत्काल पत्ता लगाएर कारवाही गर्न माग गरेको छ ।
त्यस्तै झापाका पत्रकार यादव पौडेलको हत्याको घोर भत्सना गर्दै हत्याको विरोधमा नेपाल पत्रकार महासङ्घ दाङ शाखाले आज दिउँसो विरोध ¥याली निकाल्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडित र सचिव सविन प्रीयासनले आज एक विज्ञप्ती निकाली मध्यान्ह १२ बजे ¥याली निकाल्ने जनाइएको छ । विज्ञप्तीमा पत्रकारहरु भयपूर्ण र असुरक्षित अवस्थामा बाँचिरहेको उल्लेख गर्दै दोषीको पहिचान गरेर हदैसम्मको कारबाही गर्न माग माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको