मतदाता नामावली संकलनमा भएको अवरोधको सामूहिक प्रतिरोध गरिने

८ बैशाख २०७०, आईतवार २२:२५ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । आइतबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले नागरिकता वितरण र मतदाता नामावाली अद्यावधिक कार्यमा स्थानीय सहयोग जुटाउने निर्णय गरेको छ । ती दुवै कार्यमा भइरहेका वा हुन सक्ने अवरोधलाई ध्यानमा राखेर स्थानीयस्तरका आ-आफ्ना समितिबाट सहयोग गर्ने निर्णय भएको बैठकपछि नेपाली कांग्रेसका नेता डा. रामशरण महतलाई उद्धृत गर्दै राससले जनाएको छ । बताइएअनुसार संविधानमा गरिएको पछिल्लो संशोधनबमोजिम सरकारले नागरिकता वितरणका लागि देशका विभिन्न ठाउँमा टोली खटाएको तथा निर्वाचन आयोगले आफ्नो नियमित कार्यक्रमअन्तर्गत मतदाता अद्यावधिक कार्य गरिरहेको छ । ती दुवै कार्यमा नेकपा-माओवादीलगायत दलको असहयोग हुँदै आएको छ ।
हरेक महिना संयोजक फेरिने प्रावधानअनुसार कांग्रेसका सभापति सुशील कोइराला संयोजक भएपछि पहिलो पटक समितिको बैठक बसेको हो । बैठकमा एमाओवादीबाट अध्यक्ष दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, कांग्रेसबाट सभापति कोइराला, महामन्त्री सिटौला र नेता डा. महत, नेकपा (एमाले)बाट अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार र महन्थ ठाकुर सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य हुनुभएको छ

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा