बेलायतका नेपाली नर्सले मनाए नयाँ वर्ष २०७०

८ बैशाख २०७०, आईतवार २०:०५ मा प्रकाशित

नवीन पोखरेल, बेलायत । नेपलिज नर्सिङ एसोसिएसन यूकेले शनिवार साँझ लन्डन कोपल्याण्ड स्कुलमा नयाँ वर्ष सांस्कृतिक कार्यक्रम गरेको छ । करिब आठ सय सहभागी उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. सुरेशचन्द्र चालिसेले नयां वर्षको शुभकामना दिँदै नेपाली नर्सहरुलाई आफ्नो सीप र ज्ञान नेपालमा समेत लैजान आग्रह गरे । ‘तपाईंहरु विकसित देशमा कार्यरत हुनुहुन्छ, आफ्नो सीप नेपाल गएर पनि बांड्नुहोस्’, चालिसेको आग्रह थियो ।

एसोसिएसनकी महासचिव प्रसुना कंडेलले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विशिष्ठ अतिथि उद्योगपति वसन्तकुमार चौधरीले नेपाली नर्सहरुलाई आफ्नो देश भन्दा यति टाढा आएर पनि मानवजातीको सेवा गरिरहेकामा प्रशंसा गरे । ‘नेपाल छदाका आफ्ना सारा नोस्टाल्जियालाई भित्रभित्रै छोपेर तपाईं रोगीको सेवामा लागिरहनुभएको छ, त्यो सम्झेर मेरो छाती गर्वले शिखर चुमेको छ’, नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालक चौधरीले भने । उनले नेपाली नर्सहरुलाई आफ्नो अनुभव, ज्ञान र सीप लिएर नेपाल फर्कंदा नर्भिकले सधैं स्वागत गर्ने जनाउंदै आफ्नो सेवा अन्य नेपालीहरुमा विस्तारित गर्न खोजेमा नर्भिक त्यसमा सहयोगी बन्ने समेत बताए । विशेष अतिथी रोयल कलेज अफ नर्सिङका क्षेत्रीय निर्देशक बर्नेल बुसुले नेपाली नर्सहरुलाई उपयुक्त अवसर प्रदान गर्न आफ्नो पहल सधैं रहिरहने आश्वासन दिए ।

गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष कुल आचार्यले आफ्नो संस्था नर्सिङ एसोसिएसनसँग सहकार्य गरेर अघि बढिरहेको जनाउंदै नेपालको हितका लागि आफूहरु सधैं लागिरहने जनाए । कार्यक्रमका सभापति एवं एसोसिएसन अध्यक्ष वासु लामिछानेले नेपालबाट योग्य भइसकेका धेरै नेपाली नर्सहरु बेलायतमा रहेपनि उनीहरु बेलायत सरकारको भेदभावपूर्ण नियमले उपयुक्त रोजगारबाट वञ्चित रहेको उल्लेख गर्दै त्यस विरुद्ध सशक्त आवाज उठाउन नर्सहरु संगठित हुनुपर्नेमा जोड दिए । एसोसिएसनकी संस्थापक अध्यक्ष अजिता सिंखडाले नेपाली नर्सहरुका समस्या उजागर गर्दै यस मुद्दामा सबै एकजुट भएर लाग्न आग्रह गरिन् ।

कार्यक्रममा राजदूत चालिसे, संस्थाका अध्यक्ष लामिछाने र उपाध्यक्ष सुशिला कार्कीले संयुक्त रुपमा एसोसिएसनको ‘स्मारिका’ विमोचन गरे । कार्यक्रमको शुरुमा एसोसिएसन स्थापना भएको सन् २००८ देखिका गतिविधि भिडियो मार्फत देखाइएको थियो ।

सञ्चारकर्मी उषा भट्टले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायक हेमन्त शर्मा, लन्डनवासी गायिका शर्मिला बर्देवाले नयां पुराना दर्जन गीत गाए भने स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुति दिए । कार्यक्रममा बबिता लामा, शान्ति थापा कुंवर, मन सुनुवार, मञ्जु राई लगायतको अतिथी सत्कारमा उल्लेख्य भूमिका थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायतका संयोजक रामशरण सिम्खडा, बीबीसी नेपाली सेवाका सुमन खरेल, यती अध्यक्ष उमेश मोक्तान, नेपाली साहित्य विकास परिषदका वरिष्ठ सह अध्यक्ष कोमलप्रसाद मल्ल, सह अध्यक्ष धु्रव केसी लगायत सयौंको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत