सेना समायोजन विशेष समितिको बैठक आज बस्दै

२२ चैत्र २०६८, बुधबार ०९:४० मा प्रकाशित

काठमाडौ, २२ चैत । माओवादी लडाकुको रेखदेख तथा पुनस्थापनासम्बन्धी सेना समायोजन विशेष समितिको बैठक आज फेरि बस्दैछ । बैठक समिति मातहतको सचिवालयको कार्यालय नयाँ बानेश्वरमा साँझ ५ बजेपछिका लागि बोलाइएको छ । दर्जा मिलान र सैनिक नियमावलीमा कुरा नमिलेपछि पछिल्लोपटक बसेको बैठक निष्कर्षविहीन हुँदै आएको छ । आजको बैठकमा प्राविधिक विवादमा सहमतिका लागि प्रयास गरिने नेताहरूले बताएका छन् । सैनिक नियमावली अनुसार नै समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने नेपाली काङ्ग्रेस र नेकपा एमालेको अडानमा माओवादीले असहमति जनाएपछि यसअघि आइतबार बसेको बैठक विना निस्कर्ष टुङ्गिएको थियो ।
यसैबीच विशेष समितिको बैठक अघि आजै मुख्य दलहरूबीच सहमति हुन बाँकी रहेका विषयहरूमा छलफल हुने भएको छ । दिउँसो बस्ने बैठकमा प्राविधिक विषयमा छलफल हुने छ । हिजोका लागि तय गरिएका बैठक नेताहरू राजधानी बाहिर रहनुभएकोले आजका लागि सारिएको हो । दलहरूबीच दर्जा निर्धारणपछि पनि तालिमअघि अवकाश रोज्न दिने, छनौट तालिम र नियुक्तिको प्रक्रियामा जाने, छनौट गर्दा गम्भीर मानअधिकार हनन् गर्नेलाई  समायोजन नगर्नेलगायतका विषयमा सहमति भइसकेको छ भने माओवादीको दर्जा सिफारिशलाई आधार मान्ने, छनौट समितिमा माओवादीको प्रतिनिधित्व राख्ने नराख्ने, लडाकुको तालिम नयाँ भर्नाभन्दा छोट्याउने कि नछोट्याउने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ । यही चैत ३० गतेभित्रमा समायोजनको प्रक्रिया टुङ्ग्याइने नेताहरूले सहमति गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी