हतियार कारोवारी महिला राजधानीमा पक्राउ, धनुषामा प्रहरी हिरासतबाटै दुई कैदी फरार

८ बैशाख २०७०, आईतवार १८:३९ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । धनुषा जिल्लाको देवडिया प्रहरी चौकीबाट शनिबार राती दुई कैदी फरार भएका छन् । भारत मधुवनीका १७ बर्षीय छोटे अंसारी र १७ बर्षीय शहिद मोहम्मद थुनुवा कोठाबाट राती बाह्र बजे हतकडीसहित फरार भएको प्रहरीले जनाएको छ । फरार थुनुवाहरु मोटरसाईकल चोरी गर्न लागेको अभियोगमा पक्राउ परेका थिए ।
स्थानीय लोहना­८ स्थित मुसलमान समुदायको जलसा मेला लागिरहेको अवस्थामा जनकपुर नगरपालिका­४ बस्ने अफरोज खानको ज ३ प ७९१३ नंबरको मोटरसाइकल चोरी गर्न लागेको भनि स्थानीयबासीले प्रहरीलाई जानकारी गराए पश्चात प्रहरीले निजहरुलाई नियन्त्रणमा लिई प्रहरी चौकीमा राखेको थियो ।
यसैबीच सिन्धुपाल्चोक जिल्ला शिवपोखरी घर भई हाल काठमाडौं काँडाघारीस्थित अम्विका बस्नेतको घरमा बस्दैआएकी ३० बर्षीया सृजना घिमिरेलाई प्रहरीले अवैध होम सिक्सर रिभल्भरसहित  पक्राउ गरेको छ । गोठाटारस्थित पेप्सीकोलामा अवैध हतियारको कारोवार तथा ओसारपसार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले टोली उक्त स्थानमा छापा मार्दा उनी पक्राउ परेकी हुन् । सृजनामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय