कांग्रेसले चुनावी मोर्चा नबनाउने नेता महतको स्पष्टोक्ति

८ बैशाख २०७०, आईतवार १७:४६ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । राष्ट्रपतिद्वारा चार पटक कुको तयारी भएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिले चर्चाको बजार तताइरहेको बेला नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले सत्ता छोड्नुपरेको पीडामा डा. भट्टराई बर्बराउनुभएको प्रतिक्रिया दिएका छन् । नेपाल प्रेस युनियन कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले एमाओवादीको सरकारविरोधि अभिव्यक्तिबाट उसले दोस्रो संविधानसभाको चुनाव नचाहेको स्पष्ट भएको पनि बताए ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसले एमालेलगायतका लोकतान्त्रिक शक्तिहरुसँग चुनावी गठबन्धन गर्नेबारे सञ्चारकर्मीहरुको जिज्ञासामा डा. महतले कांग्रेसले कसैसँग त्यसप्रकारको गठबन्धन नगर्ने प्रस्ट्याउनुभयो ।  प्रतिष्पर्धाका नाममा लोकतान्त्रिक शक्तिहरुसँग अनावश्यक र अस्वस्थ प्रतिष्पर्धा नगरिने र आवश्यकता हेरी स्थानविशेषमा तालमेलको रणनीति भने हुन सक्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी