यौनप्यास मेटाउने क्रममा रंगेहात समातिएका जोडीमाथि सार्वजनिक मुद्दा

८ बैशाख २०७०, आईतवार १६:४८ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । अस्कल क्याम्पसका स्ववियु सभापति कमल बस्नेत काठमाडौं सुनधारास्थित गेस्टहाउसबाट पेसेवर महिलासहित रंगेहात पक्राउ परेकै दिन इटहरीका होटल तथा रेस्टुराँमा यौनक्रिडा गरिरहेको अवस्थामा फेला परेका २१ जनालाई प्रहरीले सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको छ। यो साता इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट परिचालन भएका टोलीले होटलमा छापा मारेर ती यौनप्यासी तथा यौन व्यवसायी युवायुवतीहरुलाई पक्राउ गरेका थिए ।
यस हप्ता होटल तथा रेस्टुराँबाट पक्राउ परेका ती सबैलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रवीन कार्कीले जनाए । यो हप्ता इटहरीको ब्ल्यूस्टार, इटहरी होटल र गुरुङ होटलबाट १३ जना अवैध यौनकर्मीलाई पक्राउ गरिएको थियो। त्यसैगरी यसै हप्ता न्यू रुमा होटलबाट तीन जना र बस स्टेसनमा रहेको कान्तिपुर होटलबाट पाँच जनालाई पक्राउ गरिएको थियो। अहिले अवैध यौनधन्दा चलाउने होटलमा प्रहरीले निगरानी बढाएको छ।
महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार, घरेलु हिंसा तथा जातीय छुवाछूतलगायतका विषयमा कडाइका साथ अनुगमन गर्न र त्यस्ता घटनामा संलग्न व्यक्तिलाई छानबिन गरी कानुनको दायरामा ल्याउन प्रहरी परिचालन हुन थालेको राससले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको