फर्कियो पूर्वराजपरिवार

८ बैशाख २०७०, आईतवार १६:१२ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । झण्डै २ महिनाको बैंकक बसाईपछि पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किएका छन् । पूर्वयुवराज पारस गत फागुन ८ गते हृदयाघातका कारण बैंकककै एक अस्पतालमा भर्ना गरिएपछि सोही महिनाको १६ गते पूर्वराजपरिवार बैंकक प्रस्थान गरेको थियो । थाइल्याण्ड पुगेका पूर्वराजाले छोराको स्वास्थ्यलाभको कामना गर्दै त्यहाँ पूजाआजासमेत गराएका थिए भने पारसलाई भेट्न उनका थुप्रै अनुयायी तथा प्रशंसकहरु बैकक पुगेका थिए ।
पारसको स्वास्थ्यमा अविश्वसनीय किसिमबाट सुधार आएपछि पनि पूर्वराजपरिवारका सदस्यहरु बैंकक रहँदै आएका थिए । आइतबार ज्ञानेन्द्र शाहसँग पत्नी कोमल, बुहारी हिमानी र नातिनातिनासमेत स्वदेश फर्किएका छन् भने पारस थप उपचारका लागि अझै बैंकक नै बस्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट