गुल्मीमा अहिले सम्मकै ठुलो असिना–पानी

८ बैशाख २०७०, आईतवार १०:२३ मा प्रकाशित

गुल्मी, ८ वैशाख । गुल्मीको सदरमुकाम तम्घासको छिमेकी गाविस दुविचौरमा हालसम्मकै सर्वाधिक क्षति हुनेगरी असिना–पानी परेको छ । असिना–पानीले ‘तरकारी खेतीका साथै अन्य हिउँदेबाली पुरै नस्ट भएको छ । मकै छर्नका लागि जोतिएको बारी असिना–पानीले बगाएर बगरमा परिण्ँत भएको स्थानीय कमल अर्यालले बताए । ‘दुविर्चौर गाविसका ८ र ९ नंबर वडा तथा सिमौचौर–६ मा बढी क्षति हुने गरी असिना परेको उनले बताए । भर्खर बनाउँदै गरेका घरसमेत भत्किने अवस्थामा पुगेको जनाउँदै उनले भने– ‘तम्घासमा २०६२ सालमा परेको असिना सबैभन्दा ठुलो मानिन्छ, तर त्योभन्दा पनि ठुलो असिना दुविचौरमा प¥यो ।’ 
करोडौँको तरकारी खेती तथा हिउँदेबाली नस्ट हुनुका साथै मकै छर्न लागिएको बारी बगाउँदा यसपाली दुविचौर ८, ९ र सिमीचौर ६ का जनाताले भोकमरीको सामाना गर्नुपर्ने देखिएको बताइएको छ । सम्बन्धित निकायले तत्काल असिनाले क्षति पुगेका स्थानमा राहत कार्यक्रम घोषणा गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको