एमालेसँग चुनावी तालमेल गरिने कोइरालाको कथन, देउवा भन्छन्- चुनावी गठबन्धन गरिन्नँ !

८ बैशाख २०७०, आईतवार ०९:५४ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धनको चर्चा चलिरहेको बेला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले समेत त्यस्तो सम्भावना रहेको अभिव्यक्ति दिएका छन् । देशभरका चुनावी क्षेत्रमध्ये एक डेढ दर्जन स्थानमा कांग्रेस र एमालेबीच चुनावी तालमेल हुनसक्ने कोइरालाले औंल्याएका हुन् । 
गत शुक्रबारदेखि पार्टी कामको सिलसिलामा झापा पुगेका सभापति कोइरालाले शनिबार सञ्चारकर्मीहरुसँग भने, ुपहिला एक्लाएक्लै चुनाव लड्दा लोकतन्त्रवादी कमजोर भयौं, अब एमाले र अन्य लोकतन्त्रवादी दलसँग चुनावी तालमेल गर्छौं, सबै स्थानमा नभए पनि मुलुकका एकडेढ दर्जन खास(खास स्थानमा सहकार्य हुनसक्छ ।ु
माओवादी ठूलो दल बन्दा लोकतन्त्र कमजोर भएकाले अहिले सहकार्य र तालमेलको कुरा उठिरहेको उनले बताए । उनको इशारा दुबै दलका शीर्ष नेताहरु चुनावमा पराजित नहुन् भन्नेतर्फ इंगित रहेको बताइएको छ ।
तर, सभापति कोइरालाले चुनावी तालमेलको कुरा गरेकै अवस्थामा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी