आगामी निर्वाचनमा किन घटबढ हुँदैछ निर्वाचन क्षेत्र ?

८ बैशाख २०७०, आईतवार ०६:३३ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । संविधानसभाका लागि हुने दोस्रो निर्वाचनमा केही जिल्लामा निर्वाचन क्षेत्र बढ्ने र केहीमा घट्ने भएको छ । ०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार  ५ सय चार पुगेको छ । ०५८ सालको जनगणनाको तुलनामा वार्षिक दुई दशमलव २५ का दरले भएको जनसङ्ख्या वृद्धिसँगै केही जिल्लाका निर्वाचन क्षेत्र पनि बढ्ने भएको हो भने केही जिल्लामा घट्ने देखिएको छ ।
जनसङ्ख्याको वृद्धिसँगै राजधानी काठमाडौंको निर्वाचन क्षेत्र पनि बढ्ने निश्चित भएको छ । काठमाडौंमा १५ देखि १७ वटासम्म निर्वाचन क्षेत्र हुनेछ । यसअघि काठमाडौंमा १० निर्वाचन क्षेत्र थियो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार काठमाडौंको जनसङ्ख्या १७ लाख ४४ हजारभन्दा बढी रहेकाले निर्वाचन क्षेत्र बढ्ने निश्चित भएको हो ।
यसैगरी झापामा पनि निर्वाचन क्षेत्र बढेर आठ पुग्नेछ । यसअघि झापामा सात निर्वाचन क्षेत्र थिए । मोरङमा नौ, ललितपुरमा चार, रौतहट, बारा र सर्लाहीमा सात–सात, कास्कीमा पाँच, रूपन्देहीमा आठ, सुनसरीमा सात तथा रूपन्देहीमा आठसम्म निर्वाचन क्षेत्र पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै ताप्लेजुङलगायत केही जिल्लाको भने निर्वाचन क्षेत्र घट्ने सम्भावना छ । ती जिल्लामा जनसङ्ख्या घटेकाले निर्वाचन क्षेत्र पनि घट्ने भएको हो । यद्यपि यसबारेमा निर्वाचन आयोग तथा दलका नेताहरूले केही बताएका छैनन् । निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा दलबीच सहमति भइनसकेको भन्दै आयोग निर्वाचन क्षेत्रबारे मौन रहेको छ । तर, दलका नेताहरूले भने दलीय सहमतिका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने भन्दै आएका छन् । चुनावको तिथि घोषणा भइसकेपछि निर्वाचन क्षेत्रको टुङ्गो लाग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४