कोही बलात्कारी कोही अवैध नोटधारी !

८ बैशाख २०७०, आईतवार ०६:२६ मा प्रकाशित

काठमाडौं, ८ वैशाख । नक्कली भारतीय नोटको कारोबार गर्ने पर्सा खल्वाटोला–९ निवासी सुरेन्द्र गुप्ता, बिरगंजका श्रवण शर्मा र बारा छतवा–३ का सुधिरकुमार कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अवैध भारतीय नोट २ लाख ९८ हजार ५ सयसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु लामो समयदेखि नक्कली नोटको कारोबारमा संलग्न रहँदै आएका अनुसन्धानले देखाएको बुझिएको छ ।
उता १४ बर्षीया बालिकालाई जवरजस्ती अनुचित कार्य गर्न खोजेको अभियोगमा दैलेख नेपा–८ बस्ने ३८ बर्षीय घनश्याम कार्की पक्राउ परेका छन् । कार्कीले जिल्लाको नाउलेकटुवाल–४ की ती बालिकालाई बाख्रा चराउन गएको अवस्थामा जवरजस्ती अनुचित कार्य गर्ने उदेश्यले हातपात गर्दा छाती र खुट्टामा चोट लागेको भनी पिडित बालिकाको आमाले प्रहरी चौकी डुङेश्वरमा निबेदन दिएकी थिइन् ।
यस्तै आप्mनै घरमा डेरा गरी बस्ने २१ बर्षीया महिलालाई बलात्कारको दुस्प्रयास गर्ने दमक–१० निवासी गोपाल काप्mलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । काफ्लेले आम्दा अस्पतालमा काम गर्ने ती महिलालाई हातपात गर्न खोजेपछि महिला भाग्न सफल भई आफन्तलाई घटनाबारे जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी