पूर्व प्रहरी महानिरीक्षक खरेलविरुद्धको मुद्दा फैसला आज हुने सम्भावना

२२ चैत्र २०६८, बुधबार ०९:३९ मा प्रकाशित

काठमाडौ, २२ चैत । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलको भ्रष्टाचार मुद्दाको आज विशेष अदालतमा सुनुवाई हुँदैछ । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा खरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि हदम्यादका कारण खरेलले सफाइ पाउनुभएको थियो । तर पछि विशेष अदालतको फैसला सर्वोच्च अदालतले बदर गरिदिएपछि फेरि सुनुवाईको प्रक्रिया अघि बढाइने भएको हो । यसैबीच हिजो विशेष अदालतले अर्का पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई भ्रष्टाचारी ठहर गरी डेढ वर्ष जेल सजायँ र झन्डै ५४ लाख विगो र जरिवानाको निर्णय सुनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको

काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने