रुपन्देही कांग्रेसले जनआन्दोलन दिवस मनाउने

८ बैशाख २०७०, आईतवार ०६:२३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ वैशाख । जनआन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्ने उद्देश्यले नेपाली कांग्रेस रुपन्देहीले जनआन्दोलन दिवस मनाउने भएको छ । २०६२/०६३ मा नेपालका राजनीतिक शक्तिहरुले तत्कालिन शासन व्यबस्थाविरुद्ध गरेको आन्दोलनबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्न जोड दिँदै आगामी बुधबार (वैशाख ११) गते पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको पार्टीका सचिव रामकृष्ण खाणले जानकारी दिए । 
पार्टीको जिल्ला कार्यसमितिका सभापति अव्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले संविधानसभाको आसन्न निर्वाचन निष्पक्ष रुपमा सफल गराउन र सो संबिधानसभामार्फत बहुजातीय, बहुभाषिक पहिचानसहितको संबिधान सुनिश्चितता गर्न योगदान पु¥याउने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले आसन्न स्ववीयूको निर्वाचनमा नेपाल बिद्यार्थी संघलाई जिताउनका लागि पार्टीले गर्ने भूमिका निर्वाह गर्न तयार हुन र समयअनुसार पार्टी अनुकुल बनाउनका लागि क्षेत्रीय तथा नगर सभापतिहरु र नेबिसंघलाई कृयाशिल हुन आव्हान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने