चुनाव जसरी पनि मंसिरमै : गच्छदार

७ बैशाख २०७०, शनिबार २१:२८ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । असारमा हुने भनिएको निर्वाचन टरेको र अब मंसिरमा पनि चुनाव हुन नसक्ने धारणा प्रकट हुन थालेको बेला मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले मंसिरमा जुनसुकै हालतमा पनि संविधानसभाको चुनाव हुने दाबी गरेका छन् । शनिबार मधेसी पत्रकार समाजले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका उनले चार राजनीतिक शक्तिबीच भएको ११ बुँदे सहमतिअनुसार मुलुकको समस्या सामाधानका लागि चुनाव नै एक मात्र विकल्प भएकाले मंसिरमा कुनै पनि हालतमा चुनाव भएरै छाड्ने बताए ।
कानुनी र प्राविधिक अडचनका कारण असारमा चुनाव हुने सम्भावना टरेको बताउँदै कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ताका लागि चुनावको मिती तोक्नु पर्ने उनले बताए । लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेका केहि सीमित राजनीतिक दलहरुले चुनाव भाड्ने षडयन्त्र गरेको गच्छदारको भनाई छ ।  चुनावको मिति यथासीघ्र तोक्न पनि उनले सरकारसँग माग गरे ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका गच्छदारले संयन्त्र खारेज गर्नु पर्ने केहि दलको माग लोकतन्त्रविरोधी रहेको जनाउँदै आगामी चुनावमा मधेसवादी दलहरुबीच चुनावी गठबन्धन हुने र त्यसका लागि गृहकार्य भइरहेको खुलाए । सञ्चारकर्मीहरुको एक सवालमा गच्छदारले  राष्ट्रपतिले चारपटक ुकुु गर्ने प्रयास गरेको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आरोपको खण्डन गरे । राष्ट्रपतिको बारेमा पूर्व प्रधानमन्त्री भट्टराईले दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको प्रस्ट पार्दै उनले राष्ट्रपति यादव आफ्नो दायरामै रहेको जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री