नेपाल फ्रान्स दौत्य सम्बन्धको ६४ औं वर्षगाँठ सम्पन्न

७ बैशाख २०७०, शनिबार २१:११ मा प्रकाशित

शालिक गौतम, पेरिस । नेपाल फ्रान्स दौत्य सम्बन्धको ६४ औं वर्षगाँठ नेपाली दुतावास फ्रान्सको आयोजनामा पेरिसमा १९ अप्रिल २०१३ मा सम्पन्न भयो ।

नेपाल प्रवद्र्धन गर्ने प्रमुख उद्धेश्यका साथ अयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी पेरिस महानगर पालिका १७ औं नम्बर वाड् मेरिका उप मेयर भ्यालरी नामीयासले नेपाल अत्यन्तै सुन्दर मुलुक रहेको बताउँदै नेपालको हिमालयहरुबाट धेरै फ्रेन्चहरु प्रभावित भएको बताइन् । बुद्ध नेपालमा जन्मेको र धेरै शताब्दि पुर्व नै बुद्ध जस्ता शान्तिका दुत नेपालमा जन्मेकोले नेपालबाट हामीले धेरै सिक्नु पर्दछ, उनले थपिन । नेपाल र फ्रान्सको धेरै पुरानो संबन्ध रहेकोले नेपाली दुतावास संग यस्तो कार्यक्रम गर्दा मेरीका (पेरिस नगरपालकिा वाड्नं १७) बासिन्दा समेत खुसी भएको समेत कार्यक्रममा जानकारी गराइन् ।

प्रताप मल्लको पालामा हनुमान ढोकामा लेखिएको शिला लेखमा समेत फ्रेन्च भाषा रहेकोले नेपाल फ्रान्स संबन्ध धेरै पुरानो रहेको, नेपाल एकिकरणमा फेन्चहरुले सहयोग गरेको र वर्तमान अवस्थामा पनि पर्यटन लगायत कुरामा सहयोग आदन प्रदान भै रहेको बताए । फ्रान्स र नेपालको संबन्ध अझै सुुमधुर हुदै गैरहेको पराराष्ट मन्त्रालयका नेपाल प्रमुख जाँ रोम्निसियानोले ले बताए ।

कार्यक्रमको स्वागत तथा संबोधन गर्दै नेपाली दुतावास फ्रान्सका राजदुत मोहनकृष्ण श्रेष्ठले नेपाल र फ्रान्स विचको दौत्य संबन्ध र २ देश विचको ऐतिहाँसिक पक्षका बारेमा चर्चा गरेका थिए । नेपालका हिमालयहरुको बारेमा स्पस्ट पार्दै नेपाल बहुभाषिक बहुसंस्कृतिक भएता पनि अनेकतामा एकताको मुल मन्त्रलाई आत्मसाथ गर्दे आइरहेको बताए । धार्मिक स्वन्तत्रा र धर्मको बारेमा केहि असहजता नभएको मुलुक, १०३ जनताजी ९२ ओटा भाषा बोलिने, धार्मिक, साँस्कृतिक सहिष्णुता भएको बताए । बुद्धको शान्ति, सहअस्तित्व, विश्व व्यापी भाइचारा र दुखबाट मुक्ति पाउने पथका बारेमा समेत जानकारी गराउँदै प्राकृतिक, जिवित विविधतिा, जलश्रोतमा नेपाल अत्यन्तै धनी रहेकाले यसको उपयोग गर्न सके नेपाल विश्वमा नै धनि देश हुने विश्वसा व्यक्त गरेका थिए ।

नेपालमा बैदशिक लगानी मैत्री रहेकोले लगानी गर्न समेत अनुरोध गरेका थिए । राजदुत श्रेष्ठले आफ्नो संवोधन फ्रेन्च भाषामा गर्दा आँफु दंग परेको र नेपाल संवन्धि धेरै जानकारी पाएको कार्यक्रममा सहभागी नेपाल प्रेमी फ्रेन्च नागरिक मारियाले प्रतिकृया दिइन् ।

कार्यक्रममा भारत, लाओस, सुडान, म्यानमार, कम्बोडिया, श्रीलंकाका कुटनैतिक नियोगका अधिकारीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाली दुतावास फ्रान्स परिवार, पोर्तुगलका लागि नेपाली कन्सुलर मकर हमाल लगायत गैर आवासीय नेपाली संघ फान्स, पोर्तुगल, बेल्जियमका अध्यक्षहरु एवं आइसीसीस सदस्यहरु तथा फ्रान्स स्थित नेपाली संघसंस्थाहरु नेपाल प्रेमी फेन्च नागरिकहरु तथा फ्रान्समा बस्ने नेपाली समुदायहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । नेपाल प्रसिद्ध सितारबादक नरेन्द्र बाटाजु तथा विद्या बाटाजुले सितार बादन गरेका थिए । त्यस्तै बाबु थापा, फ्लोरेन्स मल्ल, एलिसा गुरुङ्ग, विमल बस्यल, प्रशंशा केसीले विभिन्न भेषभुषा र भाषाका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाल प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्डले तयार पारेको श्रव्यदृष्य, बुद्ध नेपालमा जन्मेको फ्न्च र अग्रेजी भाषाको बुकलेटहरु प्रर्दशन तथा वितरण गरिएको थियो ।

कार्यक्रम समापन पश्चात उपस्थित अतिथीहरुलाई नेपाली परिकारहरुको रात्रीभोजन समेत गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत