श्रीमान् विदेशमा हुँदा गर्भ बसेपछि…

७ बैशाख २०७०, शनिबार २१:१५ मा प्रकाशित

रासस, सिरहा, ७ वैशाख । श्रीमान् वैदेशिक रोजगारमा गएको बेला परपुरुषसँग यौनसम्बन्ध राखी गर्भवती भएकी एक महिलाको लहानमा अवैध गर्भपतन गराएको रहस्य खुलेको छ । चन्द्रलालपुर–६ की २५ वर्षीया ती महिलाको पाँच महिनाको गर्भ डाक्टर विभा मण्डलले वैशाख ५ गते ६० हजार रुपैयाँ लिएर पतन गराएको खुल्न आएको हो । ती महिलाले अत्यधिक रक्तश्राव भएपछि गर्भपतन गराएको कुरा आफ्नो परिवारमा जानकारी गराएपछि सो रहस्य खुलेको हो ।
अत्यधिक रक्तश्राव भएकोले नमितालाई इलाका प्रहरी कार्यालय गोलबजारमार्फत भूमिजा हस्पिटलमा भर्ना गरिएको छ । नमिताका ससुरा महादेव यादवले आफ्नो बुहारीलाई बिगार्ने र अवैध गर्भपतन गराउने डाक्टर सहितलाई कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरीनायब निरीक्षक शैलेन्द्र गच्छदारले गर्भधारण गराउने वीरेन्द्र यादव र उनका तीन सहयोगी फरार रहेको बताए ।
श्रीमानको स्वीकृतिबिना तीन महिनाभन्दा बढीको गर्भपतन गराउन कानुनले निषेध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको