रुपन्देहीमा युवतीमाथि सामूहिक बलात्कार, पीडित युवतीको अवस्था दर्दनाक

७ बैशाख २०७०, शनिबार ११:४९ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । नवलपरासीकी एक २१ वर्षिया युवतीमाथि गत मंगलबार रातभर सामूहिक बलात्कार गरिएको घटना प्रकाशमा आएको छ । घरबाट साँझपख सामान किन्न बजार निस्केकी उनलाई रुपन्देही केराबानीका बलात्कारी युवाहरुको समूहले जबर्जस्ती अपहरण गरी रातभर सामूहिक बलात्कार गरेका हुन् । घटनाको चार दिन बितिसक्दा पनि रक्तस्राव नरोकिएकोले बलात्कृत युवतीको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ । 
यतिबेला लुम्बिनी अस्पतालमा उपचार चलिरहे पनि पीडित युवतीको होश आउने र जाने क्रम जारी रहेको छ भने उनको योनी च्यातिएकोले सिलाइएको बताइन्छ ।
उनलाई केरबानीमा लक्ष्मीटोलनजिक रातभर बलात्कार गरिएको थियो । आफ्नो होस छँदासम्म ६ जनाले बलात्कार गरेको त्यसपछि थाहा नपाएको युवतीले बताएकी छिन् । बिहान उज्यालो हुँदा आफू खेतमा पल्टिएको थाहा पाएपछि घिस्रिएर उनी सय मिटर टाढा सडकमा पुगेकी थिइन् । घटनामा संलग्न रहेका केरबानीका लालबहादुर छेत्री, अशोक विक, दाङका दिल्ली घम र कपिलवस्तुका विष्णु लोनिया पक्राउ परेका छन् भने अन्य फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै