बाबुरामले किन गरे राष्ट्रपतिमाथि प्रहार ?

७ बैशाख २०७०, शनिबार ०८:५० मा प्रकाशित

काठमाडौं, ७ वैशाख । एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिद्वारा पटक–पटक सत्ता कब्जाको प्रयत्न गरेको भनी हालै दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा सनसनी मच्चाएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका व्यक्तिले कुनै पनि अभिव्यक्ति दिँदा तथ्यमा आधारित भई संयमताका साथ दिनुपर्ने मान्यतालाई उपेक्षा गर्दै यस्तो गम्भीर प्रकृतिको अभिव्यक्ति किन दिए भन्ने कुराको विविध कोणबाट व्याख्या–विश्लेषण गर्ने प्रयास पनि भएका छन् । पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिइन्छ र सामान्यतया त्यो सत्यतथ्यमा आधारित हुन्छ भन्ने मान्यता छ । यसरी यतिबेला अचानक डा. भट्टराईले किन राष्ट्रपतिमाथि यस्तो आक्षेप लगाए भन्ने जिज्ञासा चौतर्फी उठ्नु अस्वाभाविक पनि छैन ।
शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग गोप्य भन्दै उनले राष्ट्रपतिको सत्ता कब्जाको प्रयाश बारे बताएका थिए । ‘सरकार सचेत भएकोले राष्ट्रपतिको प्रयास असफल भएको’उनको दाबी छ । डा भट्टराइले राष्ट्रपतिले जेठ १५, साउन ७, कात्तिक पहिलो र मंसिर दोश्रो हप्ता सत्ता आफ्नो हातमा लिन खोजेको आरोप लगाएका हुन् । जेठ १५ गते संविधानसभा विघटन भएपछि अवैधानिक भनेर हटाउने तयारी गरेकोमा आफूले संविधान सभाको म्याद छँदै निर्वाचनको मिति तोकेर राष्ट्रपतिको प्रयास असफल पारेको उनको कथन छ । कात्तिकको पहिलो हप्ता प्रधान सेनापति गौरव शमशेर राणालाइ भेटेर राष्ट्रपतिले सत्ता कब्जा गर्ने कोशिस गरेपनि सेनाबाट सहयोग नपाएको उनको दाबी छ ।
यसरी भट्टराईले राष्ट्रपतिविरुद्ध प्रचार गर्नुको मूल कारण भावी चुनावमा पार्टीको पक्षमा जनमत बटुल्ने एक अस्वस्त कसरत हो भन्ने टिप्पणीकारहरुको भनाई रहे पनि यस बारेमा राष्ट्रपति निवासले भने कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न