रिट दायर गर्नेविरुद्ध लोकमानको बेग्लै माग

७ बैशाख २०७०, शनिबार ०८:४८ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । आफूलाई अख्तियार अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउनबाट रोक्न मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनलाई खारेज गर्न लोकमानसिंह कार्कीले माग गरेका छन् । आफूलाई अख्तियार प्रमुख बनाउन संवैधानिक परिषद्ले कुनै निर्णय र सिफारिस नै नगरी अनुमान र शंकाको भरमा आफूविरुद्ध रिट दायर भएको भन्दै कार्कीले रिट खारेजीको माग गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा उच्चस्तरीय राजनीतिक समितिबाट सिफारिस गरिएका पूर्वमुख्यसचिव कार्कीले आफूविरुद्ध परेको रिटमा सर्वोच्चले मागेको लिखित जवाफ पठाउँदै आफूलाई नियुक्तका लागि संवैधानिक परिषद्ले कस्तो कार्य गरेको भन्ने देखाउन नसकी अनुमान र आशंकाको भरमा रिट दायर गरिएको दाबी गरेका हुन् ।
ऐन–कानुनमै अख्तियारको प्रमुख आयुक्त बनाउने मापदण्ड तोकिएको जनाउँदै कार्कीले सो मापदण्डअनुकूल नै आफ्नो योग्यता रहेको जवाफमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्