बर्ड फ्लुको आशंकामा उच्च सतर्कता

७ बैशाख २०७०, शनिबार ०८:४५ मा प्रकाशित

कञ्चनपुर, ७ वैशाख । बर्डफ्लु भित्रिन सक्ने आशङ्कामा कञ्चनपुरमा पशु तथा पशुजन्य पदार्थ आयात–निर्यात हुने नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी जिल्ला कैलालीमा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको हो । जिल्ला पशुसेवा कार्यालय मातहतका सबै पशुसेवा केन्द्रका पशु स्वास्थ्यकर्मीहरु नाकामा परिचालन गरिएका छन् ।

“कैलालीमा बर्डफ्लु भेटिएपछि भारतसँग सीमा जोडिएका आठ नाकामा उच्च निगरानी [सर्भिलेन्स] अपनाएका छौँ”–वरिष्ठ पशु विकास अधिकृत डा। मदनसिंह धामीले भन्नुभयो । महाकाली नदीपारि दोधारा, चाँदनी, त्रिभुवनबस्ती, कृष्णपुर, झलारी, सुडा, दैजी, ब्रह्मदेव, नगरपालिका क्षेत्र र शुक्लाफाँटा आरक्ष किनारमा पशु प्राविधिकहरुले निगरानी बढाएका छन् । ती क्षेत्रमा रोगको अवस्थाबारे जानकारी लिने र नमुना सङ्कलन गरी ल्याउने कार्य गरिएको छ । कार्यालयले उच्च जोखिम सूचीमा राखेका यी क्षेत्रबाट सङ्कलन गरिएको नमुना क्षेत्रीय प्रयोगशालामा पठाउने गरिएको छ । कार्यालयले कुखुराको अवस्था जानकारी गराउन सबै किसानलाई आग्रह गरेको छ । जिल्लामा दुई सयभन्दा बढी पोल्ट्री फार्म र एक सय मासु पसल छन् । इन्फ्लुएन्जा भाइरस (एच फाइभ एच सेभेन एन वान)बाट सङ्क्रमित कुखुरा, हाँसलगायतका पन्छीबाट यो रोग सर्ने गर्छ । कैलालीमा दुई वर्षपछि बर्डफ्लु देखिएको हो । यसअघि टीकापुरमा बर्डफ्लु देखिएको थियो । बर्डफ्लु लागेर कैलालीको गदरियामा हाल झन्डै चार सय कुखुरा मरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको