साझा बसमाथि यातायात व्यवसायीको कुदृष्टि

७ बैशाख २०७०, शनिबार ०८:४२ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । वर्षैंपछि पुनः सञ्चालनमा आएको साझा वसले उपत्यकाका यात्रुको मन जितेपछि उपत्यकाका यातायात व्यवसायीहरु क्षुब्ध बन्न पुगेका छन् । साझा यातायातलाई विस्थापित गर्न योजनावद्ध रुपमा उनीहरु लागिपर्न थालेको समेत आभास मिलेको छ । साझाले उनीहरुको अनुचित सिन्डिकेट नै तोडिदिने भएपछि उनीहरु साझा यातायातविरुद्ध लागेका हुन् । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफूसँग सल्लाह नगरी सरकारले रुट इजाजत दिएको भन्दै यातायात व्यवस्था विभागमा उजुरी दिएको छ । साझाको सेवाले निजी यातायात व्यवसायीले वर्षौंदेखि चलाउँदै आएको थोत्रा बस, जथाभावी भाडा असुली, ट्राफिक नियम उल्लंघन, चालक र सहचालकका दुव्र्यवहारमा अंकुश लाग्ने अपेक्षा आमउपभोक्ताले गरेका छन् । स्तरीय सेवा दिएर सर्वसाधारणको मन जित्नुको सट्टा यातायात व्यवसायीले सडक नै निजीजस्तो गरेर साझालाई दिएको रुट इजाजत खारेजी गर्नुपर्ने माग गरेका छन्, यस विषयलाई सम्बन्धित निकायले कुन रुपमा लिएर व्यवस्थापन गर्ला, जिज्ञासाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका