लुटेरा नै लुटिए

७ बैशाख २०७०, शनिबार ०८:३७ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । सुन पसललेलाई लुट्न खोज्ने लुटेराहरु रुपन्देहीमा आफै लुटिएका छन् । रुपन्देहीको मधुवनी–७ निवासी ६० बर्षीय छोटेलाल सुनार र उनको २५ बर्षीय छोरा बृजेश कुमार वि.क.लाई लुट्न खोज्ने लुटेराबाट उनीहरुले पेस्तोल नै लुटेर प्रहरीलाई बुझाएका छन् ।
सुनारका बाबुछोरा आफ्नो घरबाट मोटरसाईकलमा सवार भई मधुवनी–८ महिलाबारमा रहेको सुनचाँदी पसलतर्फ जाँदै गरेको अवस्थामा दुई लुटेराहरुले बाटो छेकी पेस्तोल तेस्याउँदै लुट्न खोजेका थिए । तर फुर्तीला वृजेशले लुटेराहरुलाई छक्याउँदै तिनीहरुमाथि आक्रमण गरे र उनका वृद्ध बाबुले पनि साथ दिए । अन्ततः लुटेराहरुका हातबाट उनीहरुले ेड इन युएसए लेखेको ५ राउण्ड गोली लोड भएको पेस्तोल खोस्न सफल भए । तर, लुटेराहरु भने भाग्न सफल भएको बताइएको छ ।
उता तनहुँमा ६ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा देवघाट–२ बस्ने १६ बर्षीय दिपक गुरुङ, १२ बर्षीय सुमन श्रेष्ठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सोही ठाँउ बस्ने नवराज अवस्थीको घरमा लगेर ती बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले पिडित बालिकालाई उपचारको लागि मेडिकल कलेज चितवन पठाएकोमा उपचार पश्चात आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको